अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

दुर्घटना न्युनीकरण सम्बन्धी अभिमूखिकरण कार्यक्रम

 
वालिङ, १९ फागुन । 
स्याङ्जामा “दुर्घटना न्युनीकरण सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्याब्सन स्याङ्जाको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको सहजीकरणमा स्याङ्जा जिल्ला क्षेत्र नं १ अन्तर्गतका विद्यालयमा कार्यरत सवारीचालक तथा सहचालक लाई  “दुर्घटना न्युनीकरण सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
 
कार्यक्रम को अध्यक्षता प्याब्सन स्याङ्जाका अध्यक्ष श्री राजेन्द्र बहादुर गोदार ज्यु ले गर्नुभएको थियो भने प्रमुख प्रशिक्षक जिल्ला ट्राफिक कार्यालय का प्रमुख श्री भुपेन्द्र प्रसाद गौली तथा सहायक प्रशिक्षक हेम बहादुर मल्ल ले प्रशिक्षण दिनुभएको थियो । प्याब्सन का सल्लाहाकार श्री दिपक शर्मा मरासिनी ले स्वागत गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष श्री मेकराज के सि ले धन्यवाद मन्तव्य राख्नुभएको थियो । विभिन्न विद्यालयका प्रिन्सिपल ज्युहरु , सवारीचालक र सहचालक गरि झण्डै ५५ जना सहभागी यस कार्यक्रम  प्याब्सन स्याङ्जाका सचिव एवं हिमालयन इङ्लिस बोर्डिङ् स्कुलका  प्रिन्सिपल श्री हरि प्रसाद अर्याल ले सञ्चालन गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...