अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

पिंक सिटी महोत्सव वालिङमा कृषि उपजको प्रर्दशनी हुने

news

 
आरती कुँवर
वालिङ, २४ फागुन ।
भोलीदेखि महोत्सवमा कृषि उपजको प्रर्दशनी हुने
वालिङ चेम्बर अफ कमर्शको आयोजनामा वालिङ–८, खेलमैदानमा जारी रहेको प्रथम पिंक सिटी महोत्सव वालिङमा आजदेखि कृषि उपजको प्रर्दशनी हुने भएको छ । वालिङ नगरपालिका भित्रका कृषकहरुले उत्पादन गर्नुभएका कृषि उपजको प्रदर्शनी गरिने महोत्सवका कृषि उपज प्रर्दशनीका संयोजक चोलाकान्त अर्यालले जानकारी दिनुभयो । प्रर्दशनीका लागी यही फागुन २५ र २६ गते दुई दिनको समयमा आफ्ना उत्पादनहरुलाई प्रर्दशनीको लागी ल्याउन सकिने उहाँले जानकारी दिनुभयो ।
कृषि प्रर्दशनीमा उत्कृष्ट बन्ने कृषकको लागी पुरस्कारको समेत व्यवस्था गरिएको उहाँको भनाई छ । विभिन्न प्रकारका कृषि उपजका विचमा प्रर्दशनी गरि स्थानिय स्तरमा उत्पादन गर्नुभएका कृषकहरुलाई विभिन्न विधामार्फत छनोट गरी पुरस्कार प्रदान गरिने संयोजक अर्यालले जानकारी दिनुभयो । पुरस्कारमा प्रथम पुरस्कार पाँच हजार बराबरको कृषि औजार, द्वितीय पुरस्कार २५ सय बराबरको कृषि औजार र तृतीय पुरस्कार १५ सय बराबरको कृषि औजार रहेको उहाँले जानकारी दिनुभएको छ । कृषि प्रदर्शनीमा सहभागी हुने अन्य कृषकलाई सान्त्वना पुरस्कार प्रदान गरिनेछ ।
महोत्सवमा कृषि प्रदर्शनी, अन्तर पालिकास्तरीय भलिवल प्रतियोगिता, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, काव्य गोष्ठी, टिकटक प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने छ ।
महोत्सव अवधिभर कूल रु. पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य लिइएको छ भने दुई लाख भन्दा बढीले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । महोत्सवमा रु. ६६ लाख १५ हजार आम्दानी गर्ने र ६ लाख १५ हजार रुपैयाँ बचत हुने अनुमान आयोजकको छ । महोत्सव चैत्र ३ गते समापन हुनेछ । यसैबीच महोत्सवमा शनिबार उल्लेख्य दर्शकले महोत्सवको अवलोकन गरेका छन् । आज शनिबार सार्वजानिक विदा भएका कारण पनि उल्लेख्य दर्शकले महोत्सवको अवलोकन गरेका आयोजकले जनाएका छन् । महोत्सवमा आईतबार गायिका रचना रिमाल, जीवन शर्मा, चोलेन्द्र पौडेल, जीवन दहानल, शिवहरी ढुंगाना, किसु गुरुङ, उदयराज डुम्रे, नृत्यकार दिपा रनपाल, प्रजापति पराजुली, राजेश भण्डारीको प्रस्तुति रहनेछ भने हास्यर्फ पुरुषोत्तम पुर्खे बाको हाँस्यव्यांग्य प्रस्तुति रहनेछ ।
 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...