अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नारी दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम

news

 
रेडियो आँधीखोला
वालिङ, २४ फागुन ।
वालिङ उद्योग वाणिज्य संघ–महिला उद्यमी विकास समितिको आयोजनामा ११५ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले यस क्षेत्रको अगुवा सामाजिक संस्था वालिङ उद्योग वाणिज्य संघका महिला उद्यमी इकाईका महिलाहरुले उद्यमशीलताको विकास गरी आत्मनिर्भर बन्नुपर्ने र उद्यमशीलता विकासका साथसाथै ब्यक्तित्व विकास र नेतृत्व विकासमा समेत महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राख्नुभएको थियो । साथै हाल महिलाहरु सामाजिक र राजनीतिक रुपमा अधिकार पाईसकेको र अब आर्थिक क्रान्तिमा लाग्नुपर्ने कुरामा उहाँको जोड थियो । 
कार्यक्रममा पूर्व अध्यक्षद्वय कर्णबहादुर श्रेष्ठ, ले.यामबहादुर गुरुङ, महिला उद्यमी विकास समिति सल्लाहकार तथा जिल्ला समन्वय समितिका सदस्य सरस्वती बगाले, वालिङ नगर कार्यपालिका सदस्य युगमाया पंगेनी, संघका बरिष्ठ उपाध्यक्ष अनुपमा तिवारी, महासचिव रमेश अर्याल, महिला उद्यमी विकास समिति निवर्तमान अध्यक्ष कविता भुसाल, सल्लाहकार माया कँडेल, सदस्य छाँयादेवी लुईंटेल लगायतले शुभकामना राख्नुभएको थियो । । महिला उद्यमी विकास समितिका अध्यक्ष मञ्जु के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पार्वती पंगेनीले स्वागत र सञ्चालन सचिव सीता अधिकारीले गर्नुभएको थियो  ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...