समाचार
आलमदेबीमा हरेराम संकृतन
रेडियो आँधीखोला
वालिङ, २४ फागुन ।
स्याङ्जाको गल्याङमा रहेको आलमदेबी मन्दिरमा शनिबार १२ घण्टे हरेराम संकृतन भएको छ । गल्याङ नगरपालिका वडा नम्बर ११ मा कोटमा रहेको आलमदेबी मन्दिरमा १२ घण्टे हरेराम संकृतन कार्यक्रम शनिबार सम्पन्न भएको हो । प्रत्येक वर्ष गरिने हरेराम संकृतन कार्यक्रम यस वर्ष शनिबार गरिएको हो ।
आयोजक आलमदेबी मन्दिर किर्तन व्यवस्थापन समितिका सचिब लिलाबल्लौ अर्यालले यस वर्ष पनि भजनकिर्तन कार्यक्रममा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको बताउनुभयो । संकृतन कार्यक्रम विहान ६ बजे देखि साँझ ६ बजेसम्म सञ्चालन भएको थियो । भजन किर्तन कार्यक्रममा सहभागी हुन आलमदेखि आसपास देखि अन्य पालिकाहरुबाट समेत दर्शनार्थीहरु कोट पुगेका थिए ।