अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

वालिङमा महिला अधिकार सम्बन्धी एक दिने अभिमुखीकरण

news

 
रेडियो आँधीखोला
वालिङ, २४ फागुन ।
वालिङ नगरपालिकाको आयोजना तथा सिडिडब्ल्यूएनको सहकार्यमा महिला अधिकार सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबै महिला तथा बालिकाको लागी अधिकार, समानता र शसक्तीकरण भन्ने नाराका साथ ११५अ‍ैँ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा महिला अधिकार सम्बन्धी एक दिने अभिमुखीकरण गरिएको हो । कार्यक्रममा नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले वालिङ नगरपालिकाले महिलाहरुलाई रोजगारसंग जोड्दै उद्यमशीलताका लागी हेफर प्रोजेक्टमार्फत ७५ वटा समूह बनाएर करिब १५०० महिलाहलाई प्रत्यक्ष रुपमा आर्थिक रुपमा शसक्त बनाउन लागिएको बताउनुभयो । विकास निर्माणका उपभोक्ता समिति होस या अन्य समिति हरेक समितिमा महिलाहरुको सहभागिता बनाईएको महिलाहरु संयोजक समेत बनेको र मेलमिलापकर्ताहरु समेत महिला रहेको भन्दै विकास निर्माणमा महिलाहरुको प्रत्यक्ष संलग्नता रहेको उपप्रमुख तिवारीले बताउनुभयो । साथै उहाँले हरेक महिलाहरु नेतृत्वदायी भुमिकामा आउनका लागी अग्रपंक्ति आउन आग्रह उहाँको थियो । 
कार्यक्रममा सामाजिक विकास साखा सदस्य मणि सुवेदी, नेकपा एमालेको तर्फबाट जैसरा रेग्मी, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगानातिवारी, आँधीखोला सञ्चार सहकारी संस्थाका अध्यक्ष शान्ता  थापा, नेपाली कांग्रेस नगर उपसभापति सिता थापा, राप्रपाका शोभा गैह्रे आफ्ना भनाई राख्नुभएको थियो भने नारी सम्बन्धी कविता सिता रेग्मी काफ्ले र सृजना कोईरालाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सामाजिक विकास साखाका संयोजक युगमाया पंगेनीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यपालिका सदस्य सिता विकले स्वागत र सञ्चालन महिला तथा बालबालिका साखा प्रमुख उमा डुम्रेले गर्नुभएको थियो । कार्यक्रममा वालिङ क्याम्पसका सहायक प्रमुख विष्णु सुवेदी गैह्रेले सहजीकरण गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...