अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

पिंक सिटि महोत्सवमा कृषि उपजको प्रर्दशनी शुरु

 
वालिङ, २५ फागुन ।
वालिङ चेम्बर अफ कमर्शको आयोजनामा वालिङ–८, खेलमैदानमा जारी रहेको प्रथम पिंक सिटी महोत्सव वालिङमा हिजोदेखि कृषि उपजको प्रदर्शनी शुरु भएको छ । कृषकहरुले हिजो पहिलो दिन आईतबार मुला, फर्सी, बन्दा, उखुँ, विभिन्न लहरे तरकारीका बेर्नाहरु समेत प्रदर्शनीका लागी ल्याएका छन् । महोत्सवमा रहेको स्टल नं. ४, ५, ६, ७ र ८ नम्बर स्टलमा भोली मंगलबार सम्म कृषकहरुले आफ्ना कृषि उपजहरुको प्रदर्शनी तथा विक्रीका लागी लैजान सक्ने महोत्सवका कृषि उपज प्रदर्शनीका संयोजक चोलाकान्त अर्यालले जानकारी दिनुभयो । 
कृषि प्रदर्शनीमा उत्कृष्ट बन्ने कृषकको लागी पुरस्कारको समेत व्यवस्था गरिएकोे छ । कृषि उपजहरुको मुल्यांकन मंगलबार बेलुका गरिनेछ । मुल्यांकन समितिमा कृषि स्रोत केन्द्र, कृषि शाखा, कृषि ज्ञान केन्द्रका व्यक्तिहरुको टोली रहेका छन् । विभिन्न प्रकारका कृषि उपजका विचमा प्रर्दशनी गरि स्थानिय स्तरमा उत्पादन गर्नुभएका कृषकहरुलाई विभिन्न विधामार्फत छनोट गरी पुरस्कार प्रदान गरिने संयोजक अर्यालले जानकारी दिनुभयो । पुरस्कारमा प्रथम पुरस्कार पाँच हजार बराबरको कृषि औजार, द्वितीय पुरस्कार २५ सय बराबरको कृषि औजार र तृतीय पुरस्कार १५ सय बराबरको कृषि औजार रहेको उहाँले जानकारी दिनुभएको छ । कृषि प्रदर्शनीमा सहभागी हुने अन्य कृषकले सान्त्वना पुरस्कार प्राप्त गर्नेछन् ।
महोत्सवमा कृषि प्रदर्शनी, अन्तर पालिकास्तरीय भलिवल प्रतियोगिता, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, काव्य गोष्ठी, टिकटक प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने छ ।
महोत्सव अवधिभर कूल रु. पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य लिइएको छ भने दुई लाख भन्दा बढीले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । महोत्सवमा रु. ६६ लाख १५ हजार आम्दानी गर्ने र ६ लाख १५ हजार रुपैयाँ बचत हुने अनुमान आयोजकको छ । महोत्सव चैत्र ३ गते समापन हुनेछ । यसैबीच महोत्सवमा आईतबार गायिका रचना रिमाल, जीवन शर्मा, चोलेन्द्र पौडेल, जीवन दहानल, शिवहरी ढुंगाना, किसु गुरुङ, उदयराज डुम्रे, नृत्यकार दिपा रनपाल, प्रजापति पराजुली, राजेश भण्डारीको प्रस्तुति रहेको थियो भने हास्यर्फ पुरुषोत्तम पुर्खे बाको हाँस्यव्यङ्ग्य प्रस्तुति रहेको थियो । यस्तै भोली सोमबार लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, पुर्णकला विसि, कृष्ण अखेली, दिनेश क्षेत्रि, मदन परियार, लक्ष्मी बाँनिया, रविना गुरुङ, सुरिन घताने, डान्सर द्धोय जस्मिन थापा र सिला गोतामे, गायक तथा वरिष्ठ कार्यक्रम संयोजक जिवन दहाल र कार्यक्रम सञ्चालक तथा गायक जगत गौडेलको प्रस्तुति रहनेछ भने त्यस्तै हास्यतर्फ राजेन्द्र नेपाली र युवराज भण्डारीको प्रस्तुति रहनेछ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...