समाचार
महोत्सवमा उद्यमीको उद्यम प्रर्दशनीमै सिमित
कला राना,
वालिङ २७ ।
प्रथम पिंक सिटि महोत्सव वालिङमा राखिएको उद्यमीहरुको उद्यम प्रर्दशनीमा मात्रै सिमित भएको छ । महोत्सवको छैँठो दिन सम्म आईपुग्दा स्टलमा राखिएको सामानहरु हेर्न समेत उपभोक्ताहरु नआएको उद्यमीहरुले बताएका छन् । महोत्सवको प्रवेशद्धारबाट महोत्सव गएदेखि शुरुमै कृषि, घरेलु उद्यमशीलताका स्टलहरु छन् । कृषिका शुरुका स्टलहरु खाली छन् भने पोखराबाट ल्याईएको किविको विक्रिवितरण गरिएको छ ।
त्यसलगत्तै स्टल नं. २१ देखि २८ सम्म महिला उद्यमीहरुले तयार पारेका सामाग्रीहरु विक्रिका लागि राखिएका छन् । ति स्टलहरुमा पेन्टिङ गरिएका आर्कषक कपडाहरु, अचार, झोला, चुरापोते, ढाकाका सल, साडी, गुडिया, कुशनहरु विक्रिका लागि राखिएका छन् । गतवर्षहरुको महोत्सवमा भन्दा पछिल्ला महोत्सवहरुमा उद्यमीका उद्यमहरुको विक्रि कम भएको देखिएको छ । यसका कारणहरु पछिल्लो समय विकास भईरहेको प्रविधि, उपभोक्ताहरु गुणस्तर भन्दा सस्तो सामानहरुमा आर्कषण हुनु देखिएको छ । एक दशकदेखि झोला बुन्दै आउनुभएकी वालिङ झोला उद्योगकी सञ्चालक कुमारी राना महोत्सवमा दैनिक हजारको व्यापार गर्न पनि मुस्किल रहेको बताउनुहुन्छ । गेटबाट दर्शकहरु जाँदा सरसर्ती जाने र आउँदा पनि घरतिरै जान हतार हुने गरेको देखिएको बताउनुहुन्छ ।
यसअघि स्याङ्जा महोत्सवमा पनि स्टल राखिएको भन्दै त्यहाँ पनि व्यापार नभएको उहाँले बताउनुभयो । आजभोली युटुबमा हरेर धेरै ज्ञानहरु लिन सजिलो भएको र त्यहाँबाटै सिकेर घ¥यासी प्रयोजनका लागी बनाउने गरेका कारण पनि गुडिया, पेन्टिङ कपडाहरुमा मानिसहरुको माग कम देखिएको रानाले बताउनुभयो । त्यस्तै स्टल नम्बर २६ की सोनु गुरुङले आईतबार मात्र ६ सयको व्यापार भएको भन्दै मानिसहरुको भीडभाड हुँदा पनि यहाँ बनाईएका सामाग्रीहरुको विक्रि नभएको बताउनुभयो ।
महोत्सवमा स्थानीय उत्पादनहरुको बजारीकरणका लागी आयोजकले पनि उचित योजनाका साथ अगाडि बढ्नुपर्ने देखिन्छ । महोत्सव मुल आयोजक समितिका संयोजक तथा चेम्बर अफ कर्मसका अध्यक्ष प्रकाश न्यौपानले स्थानीय उत्पादनलाई प्रर्दशनी गरी यसको दिगो बजारीकरणका लागी मद्दत पुगोस भनेर कृषि र स्थानीय उद्यमीहरुलाई निशुल्क र विषेश छुटमा स्टलहरु उपलब्ध गराईएको बताउनुभयो ।