अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

मुक्तिनाथ विकास बैंकद्वारा भुसाललाई छात्रवृत्ति प्रदान

news

 
वालिङ, २७ फागुन ।
मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत एक छात्रालाई छात्रवृत्ति उपलब्ध गराएको छ । स्याङ्जाको वालिङ नगरपालिका ८ की सरस्वती भुसाललाई बैंकले छात्रवृत्ति उपलब्ध गराएको हो ।
पूर्णामृत भवानी माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत भुसाललाई मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति कार्यक्रमबाट छात्रवृत्ति उपलब्ध गराईएको मुक्तिनाथ विकास बैंक वालिङ शाखाका प्रमुख नवीन काफ्लेले बताउनुभयो ।
हाल कक्षा ११ मा अध्ययनरत छात्रा भुसाललाई कक्षा ११ मा अध्ययन गर्नेक्रममा लाग्ने सम्पूर्ण खर्च बैंकले छात्रवृत्तिमार्फत उपलब्ध गराउने शाखा प्रमुख काफ्लेले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...