अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

प्रथम पिङ्क सिटी महोत्सव कप–२०८१मा वालिङको दोस्रो जित

news

 
वालिङ, २७ फागुन ।
वालिङ नगरपालिकाले प्रथम पिङ्क सिटी महोत्सव कप–२०८१ पुरुष भलिबलमा दोस्रो जित निकालेको छ । वालिङ चेम्बर अफ कमर्शद्वारा आयोजित पालिकास्तरीय पुरुष भलिबलमा मङ्गलबार वालिङले भीरकोट नगरपालिकालाई ३–१ को सेटमा पराजित गरेको हो ।
वालिङले २७–२५, २५–१९, २७–२९ र २५–२० को नतिजा निकालेको थियो । भीरकोटको यो दोस्रो हार हो । मङ्गलबारनै भएको खेलमा भीरकोट गल्याङ नगरपालिकासगँ ३–२ को सेटमा पराजित भएको थियो । प्रतियोगितामा वालिङ, चापाकोट, पुतलीबजार, गल्याङ, भीरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकाको सहभागिता रहेको छ । चैत २ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टिमले एक लाख ५५ हजार रुपियाँ र उपविजेताले एक लाख ५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । 
यस्तै तेस्रोलाई ५५ हजार र चौथोलाई ३० हजार, सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार तथा विधागत उत्कृष्ट हुनेलाई जनही तीन तीन हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...