अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

अनेरास्ववियुले स्याङ्जामा खाता खोल्यो

 
वालिङ, २८ फागुन ।
स्ववियु निर्वाचनमा स्याङ्जामा अनेरास्ववियुले खाता खोलेको छ । स्याङ्जाको मिर्मि बहुमुखी क्याम्पसमा मुना न्यौपानेको नेतृत्वमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको प्यानल नै निर्विरोध चयन भएको छ । मिर्मि बहुमुखी क्याम्पसको स्ववियु सचिवमा कोशिस बस्याल र कोषध्यक्षमा किशोर पाण्डेय निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै, नेपाल विद्यार्थी संघले मालुङ्गा बहुमुखि क्याम्पसबाट खाता खोलेको छ । स्याङ्जाको मालुङ्गा बहुमुखी क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघको प्यानल नै निर्विरोध निर्वाचित भएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...