अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

नवजागरण संस्थाद्वारा होली मिलन कार्यक्रम

news

वालिङ, २९ फागुन ।
स्याङ्जाको वालिङमा रहेको नवजागरण संस्थाको आयोजनामा आज होली मिलन कार्यक्रम गरिएको छ । रंगहरुको पर्व होलीलाई उल्लासमय बनाउँदै एकापसमा रंग लगाउनुकासाथै शुभकामना आदान प्रदान गरी होली मिलन कार्यक्रम गरिएको हो । संस्थाको कार्यालय परिसर वालिङ १० भकुण्डेमा आयोजना गरिएको होली मिलन कार्यक्रममा बोल्नुहुँदै गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले रंगहरुको पर्व होली असत्यमाथि सत्यको बिजयको प्रतीककारुपमा मनाईने भएकाले यसको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।
रंगहरुको पर्व होलीलाई एकापसमा घुलमिल हुन र खुसी साट्ने पर्वकोरुपमा ग्रहण गर्न आग्रह गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराईले होलीलाई विकृत नबनाई मर्यादित, संस्कार संस्कृतिको जगेर्ना र संरक्षणमा ध्यान दिनेगरी मनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालले हाम्रा चाडपर्वहरुलाई सामूहिकरुपमा मनाउने र एकापसमा शुभकामना आदान प्रदान गर्ने गरी यसप्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिंदै आएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार अर्जुनप्रकाश अर्याल, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, संस्थाका सचिव हिमलाल पंगेनी, सदस्य सीता अधिकारी ढुंगानालगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । होली मिलन कार्यक्रमसँगै सामूहिक जन्मोत्सव मनाउने, विविध सांस्कृतिक कार्यक्रमहरु एवम् संस्थालाई सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको अध्यक्ष खनालले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...