अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङको अपराजित यात्रा कायमै

news

 
रेडियो आँधीखोला,
वालिङ १ चैत्र ।
वालिङ नगरपालिकाले प्रथम पिकं सिटी महोत्सव कप–२०८१ पुरुष भलिबलमा अपराजित कायमै राखेको छ । लिग खेलमा दुई खेल अगावै सेमिफाइनको यात्रा तय गरेको वालिङले बिहीबारको चौथो खेलमा कालीगण्डकी गाउँपालिकालाई ३–१ को सेटमा पराजित गरेको हो । वालिङले २५–२२, १९–२५, २५–२१ र २५–२० को नतिजा निकाल्यो । 
अर्को खेलमा बिरुवाले गल्याङ नगरपालिकालाई ३–२ को सेटमा पराजित गरेको छ । बिरुवाले २५–२१, २३–२५, २३–२५, २५–१९ र १३–१५  को नतिजा निकाल्यो । एक एक खेल हारेका दुबै टिम समेत सेमिफाइनमा प्रवेश गरेका छन् । चापाकोट लगातार तीन खेले हार बेहोर्दै दुई खेल अगावै बहिरिएको छ । छ पालिकाको सहभागिता रहेको प्रतियोगिताका विजेता टिमले नगद एक लाख ५५ हजार रुपियाँ सहित कप, मेडल र प्रमाणपत्र हात पार्ने खेल संयोजक उमराज गुरुङ(राज)ले जानकारी दिनुभयो । 
उपविजेताले नगद एक लाख ५ हजार रुपियाँ सहित मेडल र प्रमाणपत्र पाउने छ भने तेस्रो ले ५५ हजार र चौथो हुनेले ३० हजार रुपियाँ पाउनेछ । फागुन २६ गतेबाट सुरु भएको खेलकुद चैत ३ गते समापन हुनेछ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...