अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

दमक उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई वालिङ उद्योग वाणिज्य संघमा स्वागत

news

 
रेडियो आँधीखोला,
वालिङ १ चैत्र ।
वालिङ उद्योग वाणिज्य संघले दमक उद्योग वाणिज्य संघको टोलीलाई स्वागत गरेको छ । दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको पदाधिकारी तथा सदस्यहरु सम्मिलित १४ जनाको प्रतिनिधि मण्डललाई संघले स्वागत तथा परिचयात्मक भेटघाट कार्यक्रमको गरेको हो । कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनाायण श्रेष्ठले हाम्रो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले न्युन विजकीकरण लगायतका ब्यवसायीका कतिपय साझा समस्याहरु समाधानमा उल्लेखनीय भूमिका खेल्नुपर्ने बताउनुभयोे थियो । 
कार्यक्रममा दुईसंघबीचको अनुभव आदानप्रदान गरिनुका साथै संघहरुले गरेका विभिन्न गतिविधिहरुको बारेमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । आ–आफ्नो संघका गतिविधिहरु र समसामयिक ब्यवसायिक समस्याहरुको बारेमा अध्यक्षद्वय श्रेष्ठ र गुरागाइँले प्रस्तुति दिनुभएको थियो भने अन्तरक्रियाका क्रममा सहभागी सदस्यहरुबाट उठेका जिज्ञाशाहरुको सहजीकरण समेत अध्यक्षद्वयले गर्नुभएको थियो ।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् नेउवामहासंघका केन्द्रीय गोकुल श्रेष्ठले नेउवामहासंघमा जिल्ला÷नगर उद्योग वाणिज्य संघका समस्याहरुलाई जोडदार रुपमा उठान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रम अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो त्यस्तै स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष अनुपमा तिवारले गर्नुभएको थियो । स्वागत कार्यक्रम सकिए लगतै होलीको अवसर परेकोले सबैले एक–आपसमा रङ्ग खेलेर होली मिलन कार्यक्रम पनि  गरिएको थियो ।
नवजागरण संस्थाद्वारा होली मिलन कार्यक्रम
रेडियो आँधीखोला,
वालिङ १ चैत्र ।
स्याङ्जाको वालिङमा रहेको नवजागरण संस्थाको आयोजनामा होली मिलन कार्यक्रम गरिएको छ । रंगहरुको पर्व होलीलाई उल्लासमय बनाउँदै एकापसमा रंग लगाउनुकासाथै शुभकामना आदान प्रदान गरी होली मिलन कार्यक्रम गरिएको हो । संस्थाको कार्यालय परिसर वालिङ १० भकुण्डेमा आयोजना गरिएको होली मिलन कार्यक्रममा बोल्नुहुँदै गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले रंगहरुको पर्व होली असत्यमाथि सत्यको बिजयको प्रतीककारुपमा मनाईने भएकाले यसको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । रंगहरुको पर्व होलीलाई एकापसमा घुलमिल हुन र खुसी साट्ने पर्वकोरुपमा ग्रहण गर्न आग्रह गर्नुभयो ।
 
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराईले होलीलाई विकृत नबनाई मर्यादित, संस्कार संस्कृतिको जगेर्ना र संरक्षणमा ध्यान दिनेगरी मनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालले हाम्रा चाडपर्वहरुलाई सामूहिकरुपमा मनाउने र एकापसमा शुभकामना आदान प्रदान गर्ने गरी यसप्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिंदै आएको बताउनुभयो । कार्यक्रममा संस्थाका सल्लाहकार अर्जुनप्रकाश अर्याल, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, संस्थाका सचिव हिमलाल पंगेनी, सदस्य सीता अधिकारी ढुंगानालगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । होली मिलन कार्यक्रमसँगै सामूहिक जन्मोत्सव मनाउने, विविध सांस्कृतिक कार्यक्रमहरु एवम् संस्थालाई सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको अध्यक्ष खनालले बताउनुभयो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...