अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

भीरकोटमा रहेको लायन्स र जेसिजले गरे होलि मिलन कार्यक्रम

news

रेडियो आँधीखोला,
वालिङ १ चैत्र ।
लायन्स क्लब अफ भीरकोटले होली पर्वको अवसरमा होली मिलन तथा पारिवारिक वनभोज कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बिकास निर्माणमा सबैको सहयोग र अपनत्व रहनुपर्ने बताउँदै नगरले राम्रा काम गरेको भन्दै यस कामको अब छिट्टै परिणाम प्राप्त हुँने बताउनुभयो । साथै प्रमुख कर्माचार्यले भीरकोटलाई समृद्ध बनाउनका लागी लायन्स लगायतका अन्य संघसंस्थाहरुको भुमिका पनि अत्यन्तै महत्वपुर्ण रहने बताउनुभयो । 
 
कार्यक्रममा नगर उपप्रमुख भगबति अर्याल रेग्मि, भीरकोट जेसिजका संस्थापक याम प्रसाद  अधिकारी, वडा नं. ४ का अध्यक्ष  रत्नप्रकाश श्रेष्ठ लगायतका बक्ता हरुले शुभकामना ब्यक्त गर्नु भयको थियो । कार्यक्रम लायन्स क्लब अफ भीरकोटका अध्यक्ष ढाकाराम खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत प्रथम उपाध्यक्ष हर्कबहादुर गुरुङले गर्नुभएको थियो भने संचालन सचिव इन्दिरा केसीले गर्नुभएको थियो । त्यस्तै धन्यवाद राजन सुनारले गर्नुभएको थियो । क्लबले स्थापनाको छोटो समयमा समाजमा विभिन्न रचनात्मक कार्य गर्दै आएको छ । 
 
त्यस्तै भीरकोट जेसिजले स्थापना दिवसका अवसरमा होली मिलन तथा पारिवारिक वनभोज कार्यक्रम भीरकोट ६ को सुन्दरचौर पार्कमा सम्पन्न गरेको छ । कार्यक्रममा नेपालि काङ्रेस भीरकोट सभापति तथा मानार्थ सद्स्य याम प्रसाद अधिकारीले युवाहरुको व्यत्तित्व तथा नेतृत्व विकास संगै भीरकोट जेसिज समाजमा रहेर विभिन्न रचनात्मक कार्य गर्दैै आएको बताउनुभयो । नेपालीहरुले मनाउने विभिन्न पर्वहरुको आआफ्नै महत्व रहेको बताउँदै यस्ता पर्वले सामाजिक सहिष्णुता कायम गर्न मद्दघ पुग्ने बताउनुभयो । 
 
कार्यक्रममा वाड नंं. ७ का अध्यक्ष  तारा  प्रसाद  अर्यालले समेत होली पर्वको शुभकामना व्यक्त गर्नुभयो  । कार्यक्रममा पारिवारीक बनभोजसंगै मैत्रिपुर्ण घैँटो फुटाउने कार्यक्रम, पार्कमा राष्ट्रिय झन्डा राख्ने कार्य, ५ थान डस्बिन बितरण कार्यक्रम समेत गरिएको थियो । कार्यक्रम जेसिजका अध्यक्ष शिव खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत बिनोद अधिकारी, सन्चालन मुनाल गोदार र धन्यवाद  उमेश अर्यालले गर्नुभएको थियो  ।  भीरकोट जेसिज सन २०१८ मा स्थापना भएको हो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...