अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

पिंक सिटी महोत्सव वालिङमा काव्योत्सव

news

 
रेडियो आँधीखोला
वालिङ, १ चैत ।
प्रथम पिंक सिटी महोत्सव, वालिङमा काव्योत्सव सम्पन्न भएको छ । महोत्सवको विषेश आर्कषणको रुपमा रहेको काव्यगोष्ठीमा वरिष्ठ कविहरुले रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा कवि तीर्थ श्रेष्ठले चेम्बरले साहित्यको प्रर्वद्धनका लागी गरेको यो कार्य सराहनिय रहेको बताउँदै विभिन्न जिल्लाका कविहरुलाई एकै थलोमा उपस्थित गराई साहित्यीक क्षेत्रमा गरिएको यो नौलो अभ्यास रहेको उहाँले बताउनुभयो । साथै उहाँले वालिङको पहिचानका लागी गरिएको यो महोत्सवले साहित्य क्षेत्रमा कविहरुको लागी एउटा इटा थप्ने कार्य गरेको बताउनुभयो । 
कार्यक्रममा गजलकार– डा. शंकरप्रसाद गैरे, युवा कवि अमृत क्षेत्री, युवा गजलकारद्वय लेखराम सापकोटा, र रामकृष्ण अनायास, युवा गजलकार सुशील सापकोटा, युवा मुक्तककार छवि ज्ञवाली, स्याङ्जाका अग्रज कविहरू– अनन्त अर्याल, युवा कवि रिमबाबु राना, ढालबहादुर केसी, युवा मुक्तककार विष्णु पंगेनी पाण्डे, युवा कवि शम्भु अर्याल, युवा गजलकार पराजित रेशम गोतामे, युवा मुक्तककार पारिश्वर न्यौपाने, युवा कवि वसन्त खनाल, ध्रुवप्रसाद शर्मा शर्मा, बोधराज न्यौपाने, युवा कवि लोकहरि पाण्डेय क्षितिज, युवा गजलकार गुरु ढकाल र उपमा पाण्डेयलगायतले आआफ्ना रचना प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रममा समाजसेवी चक्रबहादुर पराजुलीलगायतको उपस्थित रहेको थियो । कार्यक्रम चेम्बर अफ कमर्स वालिङका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक प्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन साहित्यकार मिलन समिरले गर्नुभएको थियो । कार्यक्रममा पोखरा, चितवन, रुपन्देही, पाल्पा जिल्लाका कविहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन सांस्कृतिक संयोजक भिमनारायण कोईराला, कवि मिलन समिर र शम्भु अर्यालले गर्नुभएको थियो । 
महोत्सवमा नयापन दिने प्रयास गरिएको भन्दै चेम्बरद्धारा आयोजित प्रथम महोत्सवमा काव्य गोष्ठी, पालिकास्तरीय भलिबल प्रतियोगिता, टिकटक प्रतियोगिता जस्ता कार्यहरु नौलो भएको चेम्बरका अध्यक्ष न्यौपानेले बताउनुभयो । महोत्सवको १०औँ दिन शुक्रबार डि मर्चा, देउराली, ब्रोसिस, मध्यान्ह, लेकालीलगायत ५ ओटा व्यण्डहरुको लाईभ कन्र्सट, गायक खेम सेन्चुरी, शंकरविरही गुरुङ, पार्वती जिसि, सुमन विटी, राजेश भण्डारी, यम नेपाली, जीवन दहाललगायतको प्रस्तुति रहेको थियो भने अहिले पनि महोत्सव स्थलमा लाईभ कन्र्सट चलिरहेको छ । 
यस्तै आज शनिबार बद्री पंगेनी, शान्तारानी परियार, घनश्याम रिजाल, पप आधुनिक तर्फ संजिव सिंह राना, आशा विसी, प्रेमराज अधिकारी सुनिता नेपाली, सुरज श्रेष्ठ र डान्सर सगुन थापाको प्रस्तुति रहनेछ । महोत्सव भोली आईतबार सकिनेछ । विभिन्न व्याण्डहरुको लाईभ प्रस्तुति रहने भन्दै आयोजकले दिउँसो २ बजेबाट प्रवेश शुल्क एक सयबाट वृद्धि गरेर दुई सय पुर्याएको थियो । विज्ञप्ति नै जारी गर्दै आयोजकले यो जानकारी गराएको थियो । तर दर्शकहरुले यो प्रवेश शुल्क वृद्धिको विषयमा गुनासो समेत व्यक्त गरेका छन् । शुल्क वृद्धिका बावजुद महोत्सवमा उल्लेख्य दर्शकहरुको सहभागिता रहेको थियो । दर्शक निकै उत्साहका साथ लाईभ कन्र्सट तथा विभिन्न सांगितिक प्रस्तुतिमा रमाएका थिए । 
महोत्सव अवधिभर कूल रु. पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य लिइएको आयोजकले दुई लाख भन्दा बढीले महोत्सवको अवलोकन गर्ने अनुमान गरेको छ । महोत्सवमा रु. ६६ लाख १५ हजार आम्दानी गर्ने र ६ लाख १५ हजार रुपैयाँ बचत हुने अनुमान आयोजकले गरेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...