अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

पुतलीबजारमा नगर स्तरीय मेलमिलाम सन्जाल गठन एवम अन्तरक्रिया

 
वालिङ, १ चैत ।
पुतलीबजार नगरपालिका न्यायीक समितिको आयोजनामा पुतलीबजार नगर स्तरीय मेलमिलाम सन्जाल गठन एवम अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमले विष्णुप्रसाद पोख्रेलको अध्यक्षतामा ५ सदस्यीय मेलमिलाप विद्यान समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा छायाँदत्त सापकोटा, सचिव विश्वराज मरासिनी र सदस्यहरुमा ओमशुभा गुरुङ र सीता भुजेल रहनुभएको छ । कार्यक्रममा नगरप्रमुख तुलसीराम रेग्मीले समिति गठनले समाजमा न्यायपूर्ण बातावरण सृजना गर्न बताउनुभयो । उहाँले समाजमा हुने गरेका विवादित विषयवस्तुलाई स्थानीय स्तरमा सहजीकरणका लागि भुमिका निभाउन अनुरोध गर्नुभयो । सोही कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम बराल, न्यायिक समिति सदस्यहरु सुरेन्द्र केसी, कमला गुरुङ र सीता भुजेल लगायतले मन्तव्य राख्नुभएको थियो । उपप्रमुख देवी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन न्यायीक सहजकर्ता दिर्घनारायण मरासिनीले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...