समाचार
मुसलमान समुदायका महिलाहरुको लागि “लाछाको डोरी” बनाउने तालिम सुरू
वालिङ, ७ चैत ।
स्याङ्जाका मुसलमान समुदायका महिलाहरुको लागि लाछाको डोरी बनाउने सिपमूलक तालिम सुरु भएको छ । सामाजिक विकास कार्यालय स्यङ्जाको आयोजना तथा पुतलीबजार नगरपालिका र बाडखोला मुस्लिम समाजको समन्वयमा नुरी इस्लामिक मलर्शा स्कुलको प्राङ्गणमा जिल्लाका मुस्लिम समुदायको महिलाहरुको महिलाहरुको लागि मुसलमान समुदायको आर्थिक सशक्तीकरण गर्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । १० दिन सम्म सञ्चालन हुने उक्त कार्यक्रमको उद्घाटन गर्दै पुतलीबजार नगरपालिका उपप्रमुख देवी अर्यालले लक्षित समुदायका महिलाहरुको यस प्रकारका कार्यक्रमले उनीहरुको आर्थिक सशक्तिकरण सँगै व्यवसायिकता वृद्धि गर्न महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले मुस्लिम समुदायको परम्परागत सीपको रुपमा रहेको पेशालाई आधुनिक ढंगबाट तालिम सञ्चालन गरी व्यवसाय वृद्धि गर्ने कार्यालयको लक्ष्य रहेको बताउनु भयो । उहाँले सिकेको सिपलाई जीवन उपयोगी बनाउनुपर्ने बताउदैँ सिकान्तकृत नागरिकलाई सचेतना सँगै आर्थिक सशक्तीकरणको लागि आफ्नो कार्यालय सधै सहयोग गर्न तयार रहेको बताउनु भयो ।
कार्यक्रममा मुस्लिम समाज बाडखोलाका वरिष्ठ उपाध्यक्ष शाह खालिद मिया ले टोल स्तरमै आएर कार्यालयले मुस्लिम महिलाहरुको सीप विकास र सशक्तिकरणको लागि गरेको यस कार्य अनुकरणीय रहेको बताउनु भयो ।
कार्यक्रमा पुतलीबजार नगरपालिका वडा न १४ का वडा सदस्य मुबारक मिया, वडा नं. का वडासदस्यहरु सोमबहादूर नेपाली , हाजि अमिर बक्स मियाँ, बाडखोला मुस्लिम समाजका पूर्व अध्यक्ष हाजि सेर अलिमियाँले आफ्नो धारणा राख्नु भएका थियो । कार्यक्रमको सञ्चालन बाडखोला मुस्लिम समाजका सचिव अलि महोमदले गर्नु भएको थियो भने कार्यक्रममा समाजका सहसचिव अमिर आलमले स्वागत गर्नुभएको थियो ।