समाचार
जेसिजद्धारा वित्तिय साक्षरता तथा विद्यार्थीसंग अभिमुखीकरण
रेडियो आँधीखोला,
वालिङ ८ चैत ।
भीरकोट जेसिजले वित्तिय साक्षरता तथा विद्यार्थीसंग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । भीरकोट वडा नं. ६ मा रहेको भाग्योदय माध्यमिक विद्यालयमा जेसिजले गरिमा विकास बंैकको सहकार्यमा शुक्रबार उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा भीरकोट जेसिजका मानार्थ सदस्य यामप्रसाद अधिकारी लक्ष्मणले विद्यार्थीहरुका लागी वित्तिय साक्षरता आवश्यक रहेको भन्दै एउटा विद्यार्थीले सिंगा परिवार र समाजलाई सचेत बनाउन सक्ने बताउनुभयो । जेसिजले समाजमा रचनात्मक कार्य गर्दै सभ्य समाज निर्माण गर्नका लागी युवाहरुलाई गोलबद्ध गराउने काम गरेको अधिकारीले बताउनुभयो ।
मानव सेवाको पर्याय समेत रहेको जेसिजले कोभिड महामरीका बेला समेत अनुकरणीय कार्य गरेको अध्यक्ष अधिकारीको भनाई थियो । कार्यक्रममा जेसिजका पुर्व अध्यक्ष सुन्दर कोईराला, भाग्योदय माविका प्रअ रेशमलाल खनाल, गरिमा विकास बैंकका क्षेत्रिय प्रबन्धक लेखनाथ भट्राई दिपकलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा वित्तिय साक्षरता सम्बन्धी अरविन अर्याल र सकरात्मक सोँचका विषयमा अमृत अर्यालले प्रशिक्षण दिनुभएको थियो । ७२ जनाको सहभागिता रहेको कार्यक्रम जेसिजका अध्यक्ष शिव खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत निर्वतमान अध्यक्ष भरत खड्का र सञ्चालन महासचिव विनोद अधिकारीले गर्नुभएको थियो ।