समाचार
पर्यटकीय स्वरेक मैदान जोड्नेसडक धमाधमकालोपत्रे हुदै
वालिङ, ९ चैत ।
यहाँको प्रसिद्ध पर्यटकीय क्षेत्र स्वरेक मैदानजाने पर्यटन सडक स्तरोन्नतिप्राथमिकतामा परेको छ । भीरकोट नगरपालिकाको केन्द्र बयरघारी बजारदेखि नौ किमी दुरीमा रहेको स्वरेक मैदान प्याराग्लाइडिङका लागि प्रसिद्ध रहेको छ । यो सडक सुन्दर बजार देखि तल्ले नेटा सम्म १.५ किमी यसअघि कालोपत्रे भएको थियो । पालिकाले तल्लो नेटा देखि आग्रीडाँडा (माथिल्लो नेटा) सम्मको आठ सय मिटर सडक यो आर्थिक वर्षमा कालोपत्रे भएको हो ।
यो खण्ड रोजिना कन्स्ट्रक्सन, वालिङले भ्याट र पिएस सहित ६४ लाख ६७ हजार ८ सय २४ रुपियाँ७४ पैसामा भीरकोट नगरपालिकासँग ठेक्का सम्झौता गरेर कालोपत्रे गरेको हो । कम्पनीले सम्झौता अबधी भन्दा तीन महिना अगावै काम सकेको नगरपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर सरोज पराजुलीले जानकारी दिनुभयो ।
बयरघारीदेखि सुन्दरबजार सम्मको करिब दुई किमी सडक कालोपत्रे हुने चरणमा रहेको छ । एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत संघीय सरकारको लगानीमा यो सडक स्तरन्नोती तथा कालोपत्रे हुन लागेको हो । आर्थिक वर्ष २०८२÷८३ को फागुन महिनाभित्र काम सक्ने गरी ग्राण्ड एस के एण्ड शिव जेभीले आठ करोड २४ लाख ५५ हजार ५५६ रुपियाँमा ठेक्का सम्झौता भएको यो योजनामा सडक कालोपत्रे, भीरकोट पार्क नजिकै ताल सहित अन्य पूर्वाधार समेत निर्माण हुने आयोजनाले जनाएको छ ।
नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले स्वरेक मैदानबाटै गडहरे गुफा र ओखतीपानी होमस्टे जान सहजहुने हुनाले नगरपालिकाले बयरघारी स्वरेक मैदान पर्यटन सडकलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । स्वरेक मैदान र स्वरेक मैदानजाने पर्यटन सडकलाई नगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो ।
करिब ५० प्रतिशत सडक कालोपत्रे हुने निश्चित भैसकेको भने संघ र प्रदेश सरकारसँग समन्वय गरेर आगामी दुईवर्षभित्र गन्तव्य स्थल सम्मै सडक कालोपत्रे गर्ने रहेको कर्माचार्यले बताउनुभयो । वडा नं –५ का स्थानीय दयानिधी अर्यालले पर्यटन मार्गको स्तरोन्नतिले स्थानीय बासिन्दालाई समेत राहतपुगेको बताउनुभयो । प्राथमिकतामा परेझैं तिब्र गतिमा काम भने हुन नसकेको उहाँको गुनासो छ ।