अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

आँधीखोला गाँउपालिकामा एकै दिन दुई पुल शिलन्यास

news

 
वालिङ, १२ चैत ।
स्याङजाको आँधीखोला गाँउपालिकामा एकै दिन दुई वटा पुलको शिलन्यास भएको छ । आँधीखोला गाँउपालिका स्थित वडा नं दुई र पाँचको सिमानामा पर्ने वोहिया झलुङगे पुल र सम्धीखोला झलुङगे पुलको एकै साथ आँधीखोला गाँउपालिका अध्यक्ष विश्व पौडेल द्धरा शिलन्यास गरिएको हो । 
विगत ८ बर्ष देखि स्थानीयले उक्त् पुलको आवश्यकता ठान्दै विभिन्न निकायमा माग गरेता पनि खोलाले आफ्नो बाटो छाडी अन्यत्र बाट बग्न थालेपछि पुलको डिपिआर बन्न सकेको थिएन् । शिलन्यास भएका झलुङगे पुल मध्ये पहिला यान टाईपको वोहिया झलुङगे पुलको शिलन्यास गरिएको थियो । १ सय २० मिटर लम्बाई रहेको झलुङे पुल निर्माणका निम्ति प्रदेश सरकारको १० लाख र आँधीखोला गाँउपालिकाको ६० लाखको लागत साझेदारी एन टाईपको पुल निर्माण गर्न थालिएको गाँउपालिकाका अध्यक्ष विश्व पौडेलले बताउनुभयो ।
त्यस्तै पालिका अध्यक्ष पौडेले वोहिया झलुङगे पुलको शिलन्यास सम्पन्न गरे संगै सम्धीखोला झलुङगे पुलको पनि शिलन्यस गर्नु भएको छ । १ सय २० मिटर लम्बाई रहेको उक्त् पुलको लागत अनुमान २३ लाख ९१ हजार ४ सय ४५ रुपयाँ ८६ पैसा रहेको छ ।  जसमा आँधीखोला गाँउपालिकाको ४ लाख ४० हजार ८ सय ८७,समुदायको ६७ हजार ८ सय २८ रुपैँया र क्षेत्रगत झलुङगे पुल कार्यक्रम अन्तर्गत २८ लाख ८२ हजार ७ सय २८ रुपैँया रहको छ । पुल शिलन्यास कार्यक्रमा बोल्दै अध्यक्ष पौडेलले उक्त् पुल सम्पन्न भए पस्चात ७ सय ५ घर धुरीलाई राहत पुग्ने बताउँनुभयो । 
पुलको शिलन्यास गर्दे पौडेलले निरधारित समयमा पुल निर्माण गर्ने जिम्मा पाएका समितिलाई समयमा पुल सम्पन्न गर्न अनुरोध गर्नुभयो । छिटै बर्षादको समय सुरु हुन थालेको बताउँदै पौडेलले पुलको निर्माण कार्य अगाडी बढेसंगै विगतमा जस्तो गाडी, बालबच्चा,पशुपंक्षी बगाउने दिनको अन्त्य हुने समेत बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...