अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

अन्तरक्रिया तथा सन्देशमूलक सामग्री सार्वजनिक गर्ने कार्यक्रम

news

 
रेडियो आँधीखोला
वालिङ, १३ चैत ।
सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोग र स्याङ्जा अपांग समाजको आयोजनामा अपाङ्गगता सवालमा सरोकारवाला एवं यातायात व्यवसायीहरूसँगको अन्तरक्रिया तथा सन्देशमूलक सामग्री सार्वजनिक गर्ने कार्यक्रम स्याङ्जामा सम्पन्न भएको छ ।  
कर्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सबै सरोकारवाला पक्षको सामूहिक प्रयासबाट नै अपांगता भएका व्यक्तिहरुलाई यातायात लगायत अन्य क्षेत्रमा कानूनले प्रदान गरेको सहुलियत प्राप्त गर्न सकिने बताउनु भयो । उहाँले प्रशासन र सुरक्षा निकाय जुनसकै बेला यसको लागि सहजिकरण गर्न तयार रहेको वताउनु भयो । 
कर्यक्रममा प्रहरी उपरीक्षक शालिकराम पौडेलले कानून कार्यान्वयनमा सुरक्षा निकायले अनुगमन सँगै सरोकारवालासँग सहकार्य गरी अंपागता भएका व्यक्तिहरुले यातायात छुट, सडकमा बाटो काट्ने लगायत आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कर्यक्रममा पृथ्वी राजमार्ग यातयात व्यवसायी प्राली, पश्चिम नेपाल यातायात व्यवसायी प्राली, स्याङ्जा गण्डकी यातायत व्यवसायी प्राली, सिद्धबाबा यातायात व्यवसायी प्राली लगायत विभिन्न यातायात समितिका पदाधिकारी, अपांगता भएका व्यक्तिहरुसँग सम्बन्धित संघसंस्था र अन्य सरोकारवालाहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा अपांगता विज्ञ, अपागता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र–नेपालका अध्यक्ष युवराज पराजुली ले अपांगताको अवधारणा, परिभाषा, वर्गीकरण, अवरोधहरु का साथै यातायातका क्षेत्रमा भोग्नु परेका समस्या, नितिगत व्यवस्था, समाधानका उपाय र गर्नुपर्ने  सामुहिक अभियानका वारेमा सहजिकरण गर्नुभएको थियो ।
अपागंता भएका व्यक्तिहरुले विभिन्न गुनासोहरु सरोकारवालासँग राखेका थिए । उनीहरुका अनुसार अपांगता भएका व्यक्ति देखेँ अधिकांश चालकले गाडी नरोक्ने, देखेको नँदेखेझै व्यवहार गर्ने, केही गरी गाडी रोके, चढ्नकै लागी सास्ती हुने गरेको छ ।  अपांगता भएकै कारण उनीहरूले सडक, सवारी र गन्तव्यमा पुग्दासम्म पाइला–पाइलामा दुव्र्यवहार खेप्नुपर्ने उनीहरुको भनाई छ । 
नेपालमा अपांगमैत्री भौतिक पूर्वाधार, सवारीसधानका बारे थुप्रै ऐन, कानुन र अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ र नियमावली २०७७ तथा सार्वजिनक यातायात आचार संहिता २०६७ ले गरेको व्यवस्था बमोजिम अपांगता भएका व्यक्तिलाई यातायातमा ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । तर, कार्यान्वयन नहुँदा अपांगता भएका व्यक्तिलाई सार्वजनिक यातायातका सवारीसधान प्रयोग गर्न निकै कठिन छ। 
कार्यक्रममा सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेल, दृष्टिविहीन संघका प्रतिनिधि रुद्रप्रसाद शर्मा ,बौद्कि अपांग अभिभावक संघका अध्यक्ष कुल प्रसाद ढकाल,स्याङ्जा वहिरा संघका अध्यक्ष संजिव श्रेष्ठ, पत्रकार भवानी अधिकारी लगायतले आआफ्नो भनाई राख्दै अपांगता भएका व्याक्तिहरुको सहज यातायात व्यवस्थापनमा सवैले सामुहिक रुपमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । स्याङ्जा अपांग समाजका अध्यक्ष राम शर्मा पोखरेलको अध्यक्षता सम्पन्न कार्यक्रममा अपांगता शसक्तिकरण तथा सामुदायिक विकास केन्द्रका सचिव नारायण रेग्मीले संचालन गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...