अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Songs & Add

समाचार

क्यालेण्डर २०८२ लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, १६ चैत ।
वालिङ उद्योग वाणिज्य संघले नयाँ वर्ष २०८२ को भित्तेपात्रो लोर्कापण गरेको छ । २०६३ सालदेखि निरन्तर रुपमा भित्तेपात्रो प्रकाशन गर्दै आएको संघले यो २० औं संस्करणको पात्रो लोर्कापण गरेको हो  । कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडको दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएकोमा संघका सल्लाहकार दिलिपप्रताप खाँणलाई सम्मान गरिएको थियो । 
कार्यक्रममा संघका सल्लाहकार तथा नगरपालिका निर्वतमान नगरप्रमुख खांणले गरिमा विकास बैंक स्थापनाको इतिहासलाई स्मरण गर्दै बैंकले यो उचाई हाँसिल गर्नमा सबैको सकारात्मक भूमिका रहेको भन्दै बैंकले आगामी दिनमा अझ सशक्त रुपमा अघि बढ्नका लागि लिइएका नीति तथा योजनाहरुको बारेमा प्रकाश पार्नुभएको थियो । साथै बैंकले वालिङलाई सँधै नजिकबाट हेर्ने र संस्थागत सामाजिक उत्तरदायित्वमा पनि सँधै प्राथमिकतामा राख्ने गरेको बताउनुभएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष एवम् पूर्व अध्यक्ष मञ्चका संयोजक पुण्यप्रसाद अर्यालले बैंक र ब्यवसायीबीच पारस्परिक सम्बन्ध रहेको हुँदा बैंकहरुको नीति पनि ब्यवसायी मैत्री हुनुपर्ने साथै ब्यवसायीहरु पनि अनुशासित भई पारदर्शी रुपमा ब्यवसाय सञ्चालन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।   
कार्यक्रममा संघका अध्यक्ष चेतनारायण श्रेष्ठले गरिमा विकास बैंक वालिङमै स्थापना भई राष्ट्रिय स्तरमा अब्बल दर्जाको विकास बैंक स्थापित हुन सफल भएको भन्दै बैंक र वालिङबासीबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुँदा बैंकले पनि यस क्षेत्रका संघसंस्था तथा विभिन्न कार्यक्रमहरुमा उल्लेखनीय सहयोग पु¥याउँदै आएको बताउनुभयो । 
संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष अनुपमा तिवारीले स्वागत र सञ्चालन संघका महासचिव रमेश अर्यालले गर्नुभएको थियो । त्यस्तै धन्यवाद ज्ञापन उपाध्यक्ष खगेन्द्रप्रसाद अर्यालले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...