समाचार
फर्निचर व्यवसायीद्धारा आश्रमलाई लो–बेड प्रदान
रेडियो आँधीखोला
वालिङ, १७ चैत्र ।
यहाँका एक फर्निचर व्यवसायीले शिवपार्वती वृद्धाश्रमलाई लो–बेड उपलब्ध गराउनुभएको छ । शिव पार्वती बृद्धाश्रम तथा बहुउद्देश्यीय संस्था वालिङ १० भकुण्डेद्धारा सञ्चालित गल्याङ १ राम्दीमा रहेको बृद्धाश्रमलाई स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. १० बगालथोकका जयमाता दि फर्निचरका सञ्चालक आईतबहादुर हिताङले लो–बेड प्रदान गर्नुभएको हो । हिताङले ८५ हजार बराबरको १० थान लो–बेड आश्रमलाई प्रदान गर्नुभएको हो ।
हिताङले आफ्नो व्यवसायको नाफाको केहि प्रतिशतबाट उक्त फर्निचर प्रदान गर्नुभएको हो । बृद्धबुवा आमाहरुको आराम सहजतालाई मध्यनजर गर्दै आश्रमलाई लो बेड प्रदान गरिएको हिताङले बताउनुभयो । आश्रमका कार्यालय सचिव सुनिल श्रेष्ठका अनुसार आश्रममा देश तथा विदेशका दाताहरुले समेत भोजनका लागी सहयोग गर्दै आईरहेको साथै यहाँका विभिन्न व्यक्तिहरुले आफ्ना दुख सुखका बेला पनि आश्रमलाई भोजनका लागी नगद तथा जिन्सी सहयोग गर्दै आएका छन् ।