अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन

news

 
आरती कुँवर 
वालिङ, १८ चैत ।
वालिङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वालिङ बैकर्स क्लब वालिङको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार शाखा स्याङ्जाको प्राविधिक सहयोगमा वालिङ– ८, मोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । सोमबार गरिएको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् । रक्तदान जीवन दान भन्ने मुल नारा सहित गरिएको कार्यक्रममा २४ युनिट रगत संकलन भएको क्लबका अध्यक्ष प्रेम नारायण अर्यालले जानकारी दिनुभयो । 
रक्तदान कार्यक्रममा बोल्नुहुँदै गरिमा विकास बैँकका अध्यक्ष तथा पुर्व वालिङ नगर प्रमुख दिलिप प्रताप खाँणले रक्तदान जीवनदान जस्तो महत्वपुर्ण कार्यक्रममा सरिक हुनुपर्ने बताउदै यस्तो महादान जस्तो पुन्य कार्य गर्नका लागि प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । क्लबका अध्यक्ष अर्यालले मानिसको जीवन बचाउने कार्यका लागि रगत अत्यावश्यक भएकाले बैंकहरुको सामाजिक उत्तरदायित्व अन्र्तगत क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...