समाचार
वालिङमा महिला उद्यम लक्षित चप्पल बनाउने शीपमुलक तालिम सम्पन्न
रेडियो आँधीखोला
वालिङ, १९ चैत ।
वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा वालिङ नगरपालिकाको आर्थिक सहयोगमा वालिङमा चप्पल बनाउने एक हप्ते तालिम सम्पन्न भएको छ ।
कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणले यस्ता किसिमका सिपमुलक तालिम लिईसकेपछि ब्यवसायिक रुपमा विभिन्न उद्योगहरु सञ्चालन गरी आय आर्जनमा जोडिनुपर्नेमा जोड दिनुभयो । वालिङ नगरपालिकाको पैसा वा स्रोत भनेको यहाँका स्थानीयबासी आम जनताको श्रम पसिनाको रकम भएकोले उक्त रकमबाट आएको करको सहिी सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो । नगरपालिकाको बजे न्यायोचित र पारदर्शी रुपमा वितरण गर्ने भन्दै नगरबासीले पनि विभिन्न उद्यम ब्यवसायमा लागेर आत्मनिर्भर हुनुपर्ने भन्दै यसले मात्रै समृद्ध वालिङको परिकल्पना साकार हुने बताउनुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य युगमाया पंगेनी, संघका पूर्व अध्यक्ष ले.यामबहादुर गुरुङ, महिला उद्यमी विकास समिति सचिव सीता अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष चेतनारायण श्रेष्ठले तालिम निकै उत्साहजनक रुपमा सम्पन्न भएको र यहाँका महिला दिदिबहिनीहरुले यसबाट स्वरोजगार सृजना गर्दै आत्मनिर्भर हुनुपर्ने र यसको बजारीकरणमा हामीले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । साथै नगरपालिका र उद्योग वाणिज्य संघको अन्योन्याश्रित सम्बन्ध हुनुपर्ने र वालिङ नगरपालिकाले देखाएको सदासयता एवम् सहयोग प्रति हृदयदेखि नै आभार ब्यक्त गर्नुभएको थियो । संघका बरिष्ठ उपाध्यक्ष अनुपमा तिवारीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन संघका महासचिव रमेश अर्यालले गर्नुभएको थियो ।