अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

काम नगर्ने निर्माण कम्पनीको पेश्की फिर्ता

 
वालिङ, २० चैत ।
समयमै काम नसक्ने निर्माण कम्पनीलाई पूर्वाधार विकास कार्यालय, स्याङ्जाले कारबाही गरेको छ । यहाँको वालिङ नगपालिका–४ रन्ते सुन्तलाबारी हुँदै मनकाामना बिरुवा गाउँपालिका जोड्ने रत्ने सुन्तलाबारी सडक सम्झौता समयमा कालोपत्रे नगरेसँगै पूर्वाधारले पेश्की रकम फिर्ता गरेको हो ।
जलजला निर्माण सेवाले गत फागुन १ गते काम सक्ने गरेर तीन वर्ष पहिला सम्झौता गरेकोमा ३८ प्रतिशत काम मात्र सकेको हो । समयमै काम नसक्ने र दुई महिनाबाट काम नगरेपछि पेश्की लगेको चार करोडमध्ये तीन करोड ८५ लाख ५० हजार रुपियाँ फिर्ता गरेको हो । निर्माण कम्पनीको बैँक ग्यारेन्टीबाट रकम फिर्ता गरेर प्रदेश सरकारको सञ्चित कोषमा पूर्वाधारले जम्मा गरेको हो । विभिन्न भौतिक पूर्वाधारसहित साढे नौ किमी मध्ये ३.३ किमी ढलान र ६.२ किमी  प्रिमिक्स कालोपत्रे गर्ने गरेर निर्माण कम्पनीले सम्झौता गरेको थियो ।
सम्झौताअनुसार निर्माण कम्पनीले तीन हजार ९३३ घनमिटरमा तीन हजार ७३२ घनमिटर काम गरेको छ । आठ हजार ८१० घनमिटर जाली भरेको छ । कालोपत्रेसहित अन्य काम भने निर्माण कम्पनीले नगरेसँगै पूर्वाधारले कारबाही गरेको हो । 
२३ करोड ११ लाख ७२ हजार ९१० रुपियाँ ४५ पैसामा सभ्झौता गरी काम बापतको ३४ प्रतिशत सात करोड ९३ लाख २६ हजार १२९ रुपियाँ ९७ पैसा रकम भुक्तानी समेत कम्पनीले गरेको छ । समयमै काम नसक्ने भएपछि र कामै छाडेर निर्माण कम्पनी हिडेपछि पेश्की फिर्ता गरेको इन्जिनियर शिवप्रसाद ढुङ्गानाले बताउनुभयो । 
निर्माण कम्पनीलाई काम गर्न पत्राचार तथा सचेत गरेको बताउँदै ढुङ्गाना मौखिक रूपमा काम गर्छु भनेर काम नगरेको बताउनुभयो । पूर्वाधारका प्रमुख दयाराम अधिकारीले पहिलो चरणमा एकचोटी म्याद थप गर्ने र म्याद थप गरेर पनि काम नसकेमा कालोसुचीमा राख्ने र ठेक्का सम्झौता रद्द गरिने बताउनुभयो । अल्छिखोला रानी पोखरी हुँदै छाङछाङदी र बयरघारी बानेथोक सडकको काम नगर्ने बिल्र्डको सम्झौता गरेर अर्को निर्माण कम्पनीलाई निर्माणको काम दिएको थियो । 
लागु औषध तथा कुलतको अन्त्यका लागी सचेतना आदर्श क्याम्पसमा 
लागु औषध तथा कुलतको अन्त्यका लागी सचेतना तथा परामर्शमूलक कार्यक्रम बुधबार  त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्याङ्जामा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोगमा जीवन बाटिका नेपालको आयोजना तथा स्वतन्त्र विद्यार्थी  युनियन  त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा कार्यक्रम गरिएको हो । 
कार्यक्रममा बोल्नुहुदै त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुन बन्धु अर्यालले युवा समग्र समाज र देशको नै भविष्य भएकाले सहि मार्गमा हिडेर भविष्य सुन्दर बनाउनु पर्नेमा जोड दिनुभयो । समुन्न्त समाज निर्माणमा युवाको भुमिका महत्पुर्ण हुने भएकाले देशलाई सहि दिशातिर हिडाउन सही मार्ग अबलम्बन गर्नु जरुरी रहेको उहाँले बताउनुभयो ।
सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले हाम्रो जीवनलाई सुन्दर र कलात्मक तरिकाले जीउन क्षणिक आनन्दका लागि दुव्यर्सनमा लाग्न नहुने बताउनुभयो । यस्तै स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन आदर्श बहुमुखी क्याम्पस सभापति देवदत्त सुवेदी गोपीले देशको मेरुदण्ड युवाहरु नै रहेको हुँदा आजका युवाहरु योग्य र असल पात्र बन्नुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा मानसिक स्वास्थ्यका काउन्सिलर रुमा प्रधानले सकरात्मक सोंच सहितको तनाव व्यवस्थापन गर्न सके कुलतबाट टाढा रहने लगायतका विषयमा सहजिकरण गर्नुभएको थियो । जीवन बाटिका नेपालका अध्यक्ष तथा प्रशिक्षक समिर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालयको तर्फबाट स्याङ्जामा लागूऔषधको अवस्था र कानूनी व्यवस्थाबारे सहायक प्रहरी निरिक्षक सुनिल वि.कले सहजिकरण गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...