अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

गुरुङ दम्पतीले कोल्मामा कालभैरब मन्दिरलाई १७ लाख सहयोग

 
वालिङ, २३ चैत ।
स्याङ्जाको पुतलीबजार नगरपालिका — ९ कोल्मा बराहचौरस्थित कालभैरब मन्दिरको पुननिर्माण र अनावरण गरिएको छ । तत्कालिन कोल्मा पञ्चायत ७ मा जन्म भई हाल बेलायतमा बस्दै आउनुभएका क्याप्टेन बिष्णुप्रसाद गुरुङ् र उहाँका पत्नी चम्पा गुरुङले मन्दिर पुननिर्माण गरेसँगै उहाँहरुले नै अनावरण गर्नुभएको हो ।
आफना पुर्वजदेखि पुजाआजा गर्दै आएकोे मन्दिर मन्दिर जिर्ण बन्दै गएपछि गुरुङ्ले ब्यक्तिगत लगानीमा मन्दिरसहित पर्खाल निर्माण गर्नुभएको हो । आधुनिक तथा सुबिधासम्पन्न मन्दिर मन्दिर निर्माणका लागि झण्डै उहाँहरुले ब्यक्तिगत १७ लाख रुपैंया लगानी गरेको गुरुङ् परिवारले जनाएको छ । झण्डै २ सय बर्ष पुरानो मन्दिर पुननिर्माणका लागि बिष्णु र चम्पाले १६ लाख ६७ हजार ८४५ रुपैंया खर्च गरेको जनाए । मन्दिरसँगै मन्दिर संरक्षणका लागि पर्खाल पनि लगाइएको छ ।
यस क्षेत्रकै प्रसिद्ध धार्मिक शक्तिपीठ मध्ये कालभैरव पनि एक हो । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको कालभैरब मन्दिर शक्तिशाली मन्दिर मानिन्छ । त्यहाँ मनोकामना पुरा हुने भन्दै जिल्ला भित्र र बाहिरका भक्तजनहरु समेत आउने गर्दछन । ठूलो दशै असोज÷कात्तिक र चैते दशैंका बेला यहाँ भिड थामिनसक्नु हुने गर्दछ। कोल्मा कोट पनि हो । पछिल्लो समय यहाँ बिभिन्न विकास निर्माणसंगै सडक संजालले छोएपछि यसक्षेत्र धार्मिक पर्यटन क्षेत्रको समेत उत्ति नै आर्कषण बढेको छ। 
त्यहाँ अन्य पर्यटकीय आर्कषणका केही भौतिक निर्माण सम्पन्न भएका छन भने केही निर्माणाधिन अवस्थामा छन ।त् यसक्षेत्रको अध्ययन, अवलोकन तथा भ्रमणका लागि आउनेको संख्या पनि दिनप्रतिदन बढ्दो छ । अन्य समयभन्दा सानो तथा ठूलो दशैंमा भक्तजनको उल्लेख्य मेला नै लाग्ने गर्दछ । नवरात्रका पुजाआजा गरिन्छन । यी दुबै दशैंका अष्टमी र नवमीमा यहाँ भक्तजनको भीड थामिनसक्नु हुने स्थानीय समाजसेवी जीतबहादुर गुरुङ्ले जानकारी दिनुभयो ।
भैरवको पूजा गरेपछि मनले चिताएको पूरा हुने विश्वास बोकेर कालभैरव देवताको पूजा गर्न भक्तजन टाढाबाट आउँछन् । भैरबलाई शिवका विभिन्न रुपमा पुज्ने गरिन्छ । मन्दिर पुननिर्माण भएसंगै यहाँका स्थानीयबासी खुशी भएका छन् । बेलायत जस्तो सुख र सम्पन्न देशमा पुगेका गुरुङ दम्पतीले आफनो जन्मथलोमा देखाएको सदभावप्रेमप्रति स्थानीयबासीले आभार ब्यक्त गरेका छन् । दम्पतीले पनि जन्मथलोलाई विर्सन नसकिनेमा जोड दिदै मातृभूमिप्रति सबैले माया र सहयोग गर्न आग्रह गर्नुभएको छ ।
यसैगरी, सोही मन्दिरमा स्थानीयबासी मोतीप्रसाद गुरुङ्का पत्नी नन्दकुमारी गुरुङले ५० किलो बराबरको पित्तलको घण्टी राखिदिएनु भएको छ । बडा दशैँ र चैते दशैँको नवरात्रभर कालभैरवमा विषेश पुजा गरिन्छ ्।। नेपाली चाडपर्वमा चैते दसैँको पनि अत्यन्तै महत्व छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...