अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

डा.मणीभद्र मुनीजी महाराजलाई सम्मान सहित अभिनन्दन

news

 
वालिङ, २४ चैत ।
स्याङ्जाको पुतलीबजार नगरपालिकाले अन्तराष्ट्रिय मानव मिलन संस्थाका संस्थापक नेपाल केशरी राष्ट्र सन्त डा.मणीभद्र मुनी जी महाराजलाई सम्मान सहित अभिनन्दन गरेको छ । भारतको कुरुक्षेत्र बनारस देखी मुक्तिनाथ सम्मको सर्वदय शान्ति पदयात्राको क्रममा पुतलीबजार आईपुग्नुभएका महाराजलाई अभिनन्दन गरेको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले स्याङजामा जन्मनु भै आध्यात्मीक एवम् सामाजिक क्षेत्रमा अनेक जाती, धर्म सम्प्रदायमा विभाजित समाजमा परोपकार शान्ति र अहिंशाको विजारोपण गर्दै पदयात्रा गर्नुभएकोमा खुशी व्यक्त गर्नुभयो । 
उहाँले विश्वशान्तिका लागी सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा डा मणीभद्र मुनी जी महाराज, सन्त नेता पूर्व सांसद शंकर पाण्डे र मानव मिलन सस्थाका केन्द्रिय अध्यक्ष नारायण पौडेल लगाएतले शान्ती पद यात्राको उद्धेश्य र संस्थाको अभियानको बारेमा प्रकाश पारेका थिए । नगरप्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपप्रमुख देवी आर्यलले राख्नुभएको थियो भने संचालन शिक्षा शाखा प्रमुख बाबुराम बरालले गर्नुभएको थियो । सोही कार्यक्रममा ब्रमाकुमारी इश्वरीय विश्वविद्यालय स्याङजाले समेत मायाको चिनोले सम्मान गरेको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...