अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

नेपाल राष्ट्रीय शिक्षक संगठन पुतलीबजारको तेस्रो नगर अधिवेशन सम्पन्न

 
वालिङ, २४ चैत ।
नेपाल राष्ट्रिय शिक्षक संगठन पुतलीबजारको तेस्रो नगर अधिवेशन २०८१ सम्पन्न भएको छ । नेकपा एमाले स्याङजा पार्टी कार्यालयमा भएको उक्त अधिवेशनले गंगाराम पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा लालबहादुर थापा र देवी कार्कि, सचिवमा मान बहादुर हमाल (मनिस), सहसचिवमा संगिता लुँईटेल, कोषाध्यक्षमा शेषकान्त सुवेदी र सहकोषाध्यक्षमा सुनिता अर्याल चयन हुनुभएको छ । 
त्यसैगरी समितिको सदस्यहरुमा शालिकराम कुँवर, मिलन सुवेदी, राजेन्द्र ढकाल, लिलाधर पोख्रेल, छलिमाया राना, झन्कनाथ पौडेल, आशा थापा, मोती प्रसाद अधिकारी, युधिर अधिकारी र पदमराज भण्डारी चयन हुनु भएको कार्यक्रमका अध्यक्ष बि पि पोख्रेलले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम पूर्व मन्त्री गण्डकी प्रदेश सभा सदस्य सिता सुन्दासले शिक्षाको गुणस्तर कायम गर्दै, आफ्नो जिम्मेवारी र कर्तव्यलाई मुख्य ठानेर कर्म थलोमा खटिन अनुरोध गर्नुभयो । 
उहाँले आफ्नो पेसागत सुरक्षाको लागि संविधानले प्रदत्त  गरेको ट्रेडयुनियन अधिकार अनुरुप संघ संगठनमा आबद्ध भै आफ्नो हक अधिकार प्राप्तिमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य सिमा कुमारी क्षेत्री, जिल्ला उपाध्याक्ष महेश पुरी, एमाले जिल्ला सदस्य दोव वहादुर कार्कि, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला उपाध्यक्ष केदार मरासिनी, गण्डकी प्रदेश पूर्व सचिब राजेन्द्र पौडेल, पुर्व जिल्ला सचीव बलराम दोरङा, बिरुवा अध्यक्ष पिताम्बर पोख्रेल र फेदीखोला पूर्व अध्यक्ष खगेन्द्र पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । 
कार्यक्रममा शिक्षण पेशामा प्रवेश गर्नु भएका नयाँ र बढुवा हुने शिक्षकहरुलाई सममान गरिएको थियो । कार्यक्रमको अध्यक्षता पुतलीबजार संगठनका नगर अध्यक्ष वि. पि.पोख्रेलले गर्नुभएको थियो भने कार्यक्रम संचालन सचिव सुनिल पोख्रेलले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...