अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

उलेख्य दर्शकले गरे बाह्रबिसे मेलाको अवलोकन

news

 
वालिङ, २४ चैत ।
ऐतिहासिक बाह्रबिसे मेलामा उल्लेख्य दर्शकले मेलाको अवलोकन गरेकोे छन् । वालिङ नगरपालिका वडा नं. ९ र १३ को संगमस्थल भट्टेचौर आँधीखोला किनारमा एकदिने रामनवमी मेला तथा ऐतिहासिक बाह्रबिसे मेला लागेको हो । मेलाको उद्दघाटन गर्दै वालिङ नगरप्रमुख कृष्ण खांणले बाह्रबिसे मेलाले सबैलाई बालापनको स्मरण गराएको भन्दै स्थानीय स्तरमा गरिने यस्ता मेलाहरुले यहाँका उत्पादनहरुले बजार प्राप्त गर्ने बताउनुभयो । 
स्थानीय उत्पादनको बजारीकरण तथा धार्मिक तथा सांस्कृतिक महत्व जोडिएको बाह्रबिसे बजारलाई निरन्तरता दिनका लागी युवाहरुले देखाएको जागरुकता निकै सराहनीय रहेको बताउनुभयो । पहिचान र संस्कृतिसंग जोडिएका यस्ता मेलाको प्रर्वद्धनका लागी सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा वडा प्रहरी कार्यालयका डिएसपि वसन्त पाठक, नेपाली कांगे्रसका वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डे, एमालेका वालिङ नगर अध्यक्ष शोभाकान्त पौडेललगायतले बोल्नुभएको थियो । कार्यक्रम बाह्रबिसे बजार व्यवस्थाापन समितिका अध्यक्षत अर्जुन गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव ओमप्रकाश गैह्रे र स्वागत कोषाध्यक्ष शिवलाल गैह्रेले गर्नुभएको थियो । 
बाह्रबिसे मेला प्राचीन समयदेखि निरन्तर लाग्दै आएको सांस्कृतिक तथा धार्मिक पर्व हो । यस मेलाले धार्मिक आस्था मात्र नभई स्थानीय उत्पादन, परम्परा, र आर्थिक गतिविधिलाई पनि प्रवद्र्धन गर्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ । मेलामा माटोबाट निर्मित भाँडाकुँडा, परम्परागत हस्तकलाका सामग्री, उखु र गुड जस्ता स्थानीय उत्पादनहरूको बिक्री वितरण र प्रदर्शन गरिएको थियो  भने बाँसको लिंगोको टुप्पामा राखिएको भाले छुने कार्यक्रममा युवाहरु निकै आर्कषित भएका थिए । 
मेलामा स्थानीयले उत्पादन गरेका आलुका परिकारहरु, सेल रोटी, बट्टाका अचारको समेत  समेत विक्रि गरिएको थियो भने राष्ट्रिय कलाकारको समेत प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो । मेलामा राष्ट्रिय कलाकारहरु श्याम राना, नेत्र खडका, सुनिता नेपाली, राजेश भण्डारी, जगत गौडेलको प्रस्तुति रहेको थियो । यस्तै नृत्यकार अस्मिता रनपाल, गायिका प्रतिमा गैह्रे, संस्कार गैह्रे, नृत्यकारहरु सुर्वी श्रेष्ठ, जस्मिन थापा, दिपा रनपाल, निस्मा खनाल, सविता डुम्रेको प्रस्तुति रहेको थियो । यसपटकको मेलाले आगामी वर्षहरुमा पनि निरन्तरता दिनका लागी थप हौसला मिलेको आयोजकले जनाएका छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...