अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

पुतलिबजारमा महिलाहरुको क्षमता बिकास तालिम सुरु

 
वालिङ, २५ चैत ।
पुतलीबजार नगरपालिका १३ मा महिलाहरूको लागी क्षमता बिकास तालिम सुरु भएको छ । महिला संजाल समिति वडा न १३ को आयोजना तथा वडा न १३ को आर्थिक सहयोगमा क्षमता बिकास सम्बन्धी ३ दिने तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै नगर उपप्रमुख देवि अर्यालले  महिलाहरूमा कनूनी सचेतना सहितको क्षमता बिकासको जरूरी रहेको बताउनुभयो ।  नगर वडाले महिला सशक्तीकरण सहितको क्षमता बिकास र सहभागितामा प्रथमिकता दिएको बताउँदै तालिममा सिकेको सिपलाई उपयोग गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा वडा न १३ का वडा अध्यक्ष जुद्ध बहाुदर थापा, पुतलीबजार महिला संजालका नगर अध्यक्ष सिता गोदार, नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखा सभापति दिनेश अर्याल, स्मृति युवा क्लबका अध्यक्ष भिम राना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । वडा न १३ को महिला सञ्जालकी अध्यक्ष लक्ष्मी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य गंगा पौडेलले स्वागत एवम् कार्यक्रमको सञ्चालन सचिव ज्योतिका काफ्लेले गर्नुभएको थियो । तालिममा वडा न १३ का ३८ वटा टोलका महिलाहरूको सहभगिता रहेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...