अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

मगर समुदायको सांस्कृतिक, सामाजिक विषयवस्तुमा आधारित चलचित्र दिलसरा वालिङमा प्रर्दशन गरिँदै

 
वालिङ, २५ चैत ।
मगर समुदायको सांस्कृतिक, सामाजिक र आर्थिक जस्ता बुहआयामिक पक्षलाई समेटेर निर्माण गरिएको चलचित्र दिलसरा आज वालिङमा प्रर्दशन गरिने भएको छ । नेपाल मगर संघ वालिङ र मगर महिला संघ वालिङको आयोजनामा वालिङ स्थित सिटि हलमा दिलसरा चलचित्र प्रर्दशन गरिने भएको हो । 
विषेशगरी नारीप्रधान चलचित्रको रुपमा हेरिएको दिलसरा चलचित्र देशविदेशमा पनि प्रर्दशन गरिएको छ । यसअघि स्याङजा सदरमुकाममा समेत चलचित्र प्रर्दशन गरिएको थियो भने वालिङको प्रर्दशनी पछि गल्याङ र चापाकोटमा पनि प्रर्दशनीको मिति तय गरिएको छ । मेनेको फिल्म्स एण्ड मिडिया हाउसको व्यानरमा निर्मित चलचित्र दिलसराको निर्देशन अशोक आलेमगरले गर्नुभएको हो । चलचित्रको कार्यकारी निर्माता मेजर प्रेम थापा मगर, निर्माताहरुमा हर्क आले मगर, जुना थापा र मीना थापा रहनुभएको छ ।
जुना थापा मगरको कथा तथा मिना थापा मगरको पटकथा लेखन रहेको चलचित्रमा सृष्टि राना मगर, कल्याण राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खबपु), गुना थापा मगर, भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय गरेका छन् । नारी कथामा आधारित चलचित्र ‘दिलसरा’को यस अगाडि पोखराको विभिन्न ठाउँ, कास्कीको घान्द्रुक, बुटवल, पाल्पा, तनहुँमा र बेलायतमा समेत सफल प्रर्दशन गरिएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...