अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नँया वर्षको आगमनसंगै नैराश्यता छायो ः उबासंघ वालिङ

news

 
वालिङ, २७ चैत ।
वालिङ उद्योग वाणिज्य संघले नयाँ वर्ष २०८२ को आगमनसंगै व्यापारी व्यवसायीमा नैराश्यता छाएको बताएको छ । काभिड १९ को महामारीका कारण संकटमा परेको व्यापारी व्यवसायीलाई नयाँ वर्षले थप उमंग र उल्लास ल्याउनुपर्नेमा नयाँ वर्षसंगै वृद्धि गरिएको विद्युत महशुलले नैराश्यता छाएको हो । आँधीखोला जलविद्युत आयोजना, स्थापनाको समयदेखि नै तत्कालिन सम्झौतालाई हेर्दा यसको प्रभावित क्षेत्रका उपभोक्ताहरुले यसको अपनत्व तथा गौरवको आयोजना ठानेका विशेष सहुलियतमा विद्युत उपभोग गर्न पाउने आफ्नो अधिकार ठानेर सहुलियत दरको विद्युतको अपेक्षा गरिरहेका बेला विद्युत महशुल थप वृद्धि गरिएपछि उपभोक्ता एवं व्यापारी व्यवसायी निराश बनेको वालिङ उद्योग वाणिज्य संघले विज्ञप्ति मार्फत जनाएको छ । 
आँधीखोलाबाट प्रवाहित हुने पानी यस क्षेत्रका जनताहरुले निर्वाध रुपमा सिंचाईलगायतका प्रयोजनको लागी उपभोग गर्न पाउनुपर्नेमा विद्युत उत्पादनसंगै ति सेवाबाट पनि यस क्षेत्रका नागरिक वञ्चित हुनुपरेको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 
त्यसैगरी उत्पादित विद्युत वितरणका लागी स्थानीय वासिन्दाको स्वामित्वमा रहेको जग्गा विना मुआब्जाप्रयोग गरिएको, विद्युत उत्पादनको लागत अन्य परियोजना भन्दा सस्तोमा निर्माण सम्पन्न भएको बुटवल पावर कम्पनीको मुनाफा बढिरहेको साथै कम्पनीले जारी रेको सेयर प्रभावितहरुले पाउनुपर्नेमा सोको उचित व्यवस्थापन गर्न नसकेको संघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 
मुल्य वृद्धि गर्नुपरेपनि न्युन दरमा मुल्य वृद्धि गर्नुपर्नेमा विपिसिले उपभोक्ताले थेग्न नसक्ने गरी विद्युत महशुल वृद्धि गरेको भन्दै उदोग वाणिज्य संघले विपिसि कार्यालयको ध्यानार्कषण गराएको हो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...