अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Songs & Add

समाचार

वालिङका विभिन्न स्थानहरुमा आँखा शिविर

news

 
वालिङ, २७ चैत ।
वालिङ नगरपालिकाको आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा वालिङका विभिन्न स्थानहरुमा आँखा जाँच तथा मोतियाविन्दुको स्किृनिङ शिविर सञ्चालन भईरहेको छ । नगरपालिकाले आँखामा मोतियाविन्दुको पहिचान गरी शल्याक्रिया मार्फत आँखाको ज्योति फर्काउने उद्देश्यका साथ यो शिविर वडाका विभिन्न स्थानहरुमा गरिरहेको छ । 
यही चैत्र २५ गते धनुवाँसे स्वास्थय चौकीमा, यही चैत्र २६ गते एलादी स्वास्थ्य चौकी र बुधबार वडा नं. ५ को महेन्द्र माविमा आँखा जाँच शिविर मोतियाविन्दुको स्किृनिङ गरिएको हो । शिविरमा २४३ जनाले आँखा जाँच गरिएको छ । जसमा महिला १६२ र पुरुष ८१ जना गरी कुल २४३ जनाले स्कृनिङ गरेका छन् । जसमा २२ जनामा मोतियाविन्दुको समस्या देखिएको छ । पुरुष १० र महिला १२ गरी २२ जनामा मोतियाविन्दु देखिएको हो । त्यस्तै भोली मिर्दी शहरी स्वास्थ्य केन्द्र, चैत्र २९ गते मगर समाज भवन बायँटारी, चैत्र ३० गते गह्रौँ प्राथामिक स्वास्थ्य अस्पताल र चैत्र ३१ गते थुमपोखरा स्वास्थ्य केन्द्रमा मोतियाविन्दुको स्कृनिङ गरिनेछ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...