अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

पुतलीबजारका किसानलाई अनुदानमा बोयर जातका बाख्रा

 
रेडियो आँधीखोला
वालिङ, २८ चैत ।
स्याङ्जाको पुतलीबजार नगरपालिकाले नगरभित्रका बाख्रापालक किसानलाई आयआर्जनमा जोड्न बोयर जातका बोका वितरण गरेको छ । पुतलीबजार नगरपालिका पशु सेवा शाखाको आयोजनामा बाख्रा पालक किसानलाई उत्पादनमा बृद्धि गर्ने उदेश्यले बोयर जातका बाख्रा वितरण गरेको हो ।
आर्थिक बर्ष २०८१÷८२ को बार्षिक नश्ल सुधार कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा नगरपालिकाले बोयर जातका बोका उपलब्ध गराएको छ । नश्ल सुधारगरि नगरपालिकाका बाख्रा उत्पादनमा वृद्धि गर्ने उदेश्यले बोयर जातका बोकाहरु वितरण गरिएको पशु सेवा शाखाका पुष्पराज अधिकारीले जानकारी दिए । बाख्रा पालन गर्ने किसानका लागि पालिकाले आवेदन मागेको र आवेदनका आधारमा १८ जना किसानलाई बोका प्रदान गरिएको अधिकारीले बताउनुभयो ।
नगरपालिकाका नागरिकको आर्थिक आयआर्जनमा बाख्रा पालनपनि प्रमुख आधार देखिएकोले नगरपालिकाले उन्नत जातका बोयर जातका बोका उपलब्ध गराएको नगर प्रमुख तुलसीराम रेग्मीले बताउनुभयो । पशुपालक किसानहरुलाई उद्यमशिलतामा जोड्ने अभिप्रायले यो कार्यक्रम अगाडी सारेको रेग्मीको भनाई छ । मासुका लागि बोयर जातको बाख्रा राम्रो हुने देखिएकाले नगरभित्रका सबै बाख्रा पालक किसानलाई यो अभियानमा जोड्ने नगर प्रमुख रेग्मीले बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकिय धर्मराज ढुङ्गाना, पशु सेवा शाखाका डा अनिल गौतम, कास्कीका बाख्रापालक किसान दुर्गाबहादुर गुरुङ् लगायतले बाख्रापालनगरि राम्रो आम्दानी लिन सकिने बताउनुभयो । घाँस र चरनको समस्या नहुँने ठाउँमा बाख्रा पालनमा जोड दिन सकिएमा किसानको आयआर्जनमा सुधार हुने विश्वास बक्ताहरुको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...