अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नेपाल वुद्धिजिवि परिषदको अध्यक्षमा दोरंगा

 
रेडियो आँधीखोला,
वालिङ ३० चैत्र ।
नेपाल बुद्धिजिवि परिषद स्याङ्जाको नवौँ जिल्ला अधिवेसनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेसनले बलराम दोरंगाको अध्यक्षताामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा अनन्तराज मरासिनी, सचिवमा डोलराज काफ्ले, सहसचिवमा अमृता थापा राना र राजन पराजुली, कोषाध्यक्षमा विष्णुप्रसाद पराजुली रहनुभएको छ भने सदस्यहरुमा दोलराज ढकाल, राम्जीप्रसाद पौडेल, चन्द्रकान्त ढुंगाना, खगेन्द्र पौडेल, रिता शर्मा, थिरलाल कंडेल, विष्णुप्रसाद भट्राई रहनुभएको छ । 
अधिवेसनको उद्दघाटनका अवसरमा नेपाल बुद्धिजिवि परिषदका केन्द्रिय सदस्य पुष्पराज बरालले बुद्धिजिवीहरुले देशमा शंकट परेका बेलामा नेताहरुलाई मार्गर्दशन गराउनुपर्ने, देशलाई सहि मार्गमा डो¥याउन पहल गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष महेश पुरी, उपसचिव अमृत श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हिमलाल ढकाल, चेम्बर अफ कमर्स स्याङ्जाका सहसचिव पिताम्बर गौतम र विपिन पौडेलले शुभकामना व्यक्त गर्नुभएको थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...