समाचार
१०औं मौरीपालक महासंघ स्याङ्जको १०औा साधारण सभा
रेडियो आँधीखोला,
वालिङ ३० चैत्र ।
नेपाल मौरीपालक महासंघ जिल्ला शाखा स्याङ्जाको १०औं वार्षिक साधारण सभा कृषि ज्ञान केन्द्र स्याङ्जाको सभा हलमा सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन गर्दै कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनोद हमालले मौरी र महको उत्पादन बजारीकरण, गुणस्तरीयता र मौरीको सुव्यवस्था हुनु पर्ने कुराहा जोड दिनुभयो ।
कार्यक्रममा मौरी पालक महासंघ केन्द्रीय कार्यसमितिका उपाध्यक्ष पदमबहादुर अर्यालले केन्द्रीय नीतिका बारेमा बोल्नुभएको थियो भने बयोबृद्ध मौरी कृषक खड्गबहादुर खाँण र मौरी पालक कृषक यमबहादुर गुरुङले शुभकामना मन्तब्य राख्नु भएको थियो । मौरीपालक महासंघका अध्यक्ष श्यामप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कार्य समिति सदस्य रामचन्द्र गौतमले गर्नुभएको थियो भने स्वागत भक्त बहादुर गोदार र धन्यवाद ज्ञापन टेक बहादुर केसीले गर्नु भएको थियो