समाचार
स्याङजाको आँधिखोला गाउँपालिकामा सञ्चालित पाँच दिने दन्त शिविर सम्पन्न
रेडियो आँधीखोला
वालिङ, ३० चैत ।
स्याङजाको आँधिखोला गाउँपालिकामा सञ्चालित दन्त शिविर सम्पन्न भएको छ । आँधीखोला गाँउपालिकाको आयोजना र नेलुम्बो संस्थाको समन्वयमा सञ्चालित पाँच दिने दन्त शिविरबाट ४ सय ३२ जना सेवाग्राही लाभान्वित भएका छन् । यही चैत्र २५ गते बाट शुरु भएकोे दन्त शिविरमा दाँत सम्बन्धी विभिन्न सेवाहरु प्रदान गरिएको थियो ।
गाँउपालिकका अध्यक्ष विश्व पौडेलका अनुसार दन्त शिविरमा दाँत भर्नेको संख्या ७३, दाँत निकाल्नेको संख्या ८०, दाँतको एक्सरे गर्ने १५२, दाँत सफा गर्ने २०२ ,दाँत जरै देखी उपचार गर्ने २१ र दाँत लामो छोटो मिलाउने ४ जना रहेको छन् । नागरिकका साना साना समस्याको समाधान गर्न सकियो भने नागरिक खुसी हुँने भन्दै सहज स्वास्थ्य सेवा हरेक नागरिकको पहुँचमा हुनुपर्नेमा जोड दिनुभयो ।