समाचार
सिद्धार्थ राजमार्गको स्तरोन्नती प्राथमिकतामा छ ः अर्थमन्त्री पौडेल
रेडियो आँधीखोला
वालिङ, ३० चैत ।
नेपाल सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धार्थ राजमार्गको स्तरउन्नती आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । स्याङजाको कालीगण्डकी गाउँपालिका स्थित वडा नं ३ को वडा कार्यालय भवन, आधारभूत स्वास्थ चौकीको भवन र वैघा रिडी सड्क उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले आगामी अर्थिक बर्ष देखी नैै लागु हुने गरी सिद्धार्थ राजमार्ग स्तरउन्नती गर्न गृहकार्य भईरहेको मन्त्री पौडेलले बताउनुभएको हो । विकास निर्माणको कार्य भनेको कहिल्यै नटुङगने र निरन्तर चलिरहने बताउँदै मन्त्री पौडेलले सिदार्थ राजमार्गको स्तरोन्नती संग संगै साना साना सुरुङ मार्ग र बेली ब्रिजको पनि निर्माण गरिने दावी गर्नुभयो ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले कालीगण्डकी गाउँपालिकामा अवस्थित कालीगण्डकी जलविद्युत आयोजना जिल्लाको मात्रै नभई सिंगो राष्ट्रकै निम्ति योगदान गरेको बताउदै धेरै पहिला देखि चर्चामा रहेको जलाशाय युक्त आँधिखोला हाइड्यामको लागि पहल गर्ने उहाँले बताउनुभयो । कालीगण्डकी गाँउपालिकाले गरेको नमुना कार्यहरुको सम्मान व्यक्त गर्दे मन्त्री पौडेलले समग्र कालीगण्डकीको विकास निर्माणको निम्ति आफ्नो कलम चले सम्म थप विकासको निम्ति सहयोग गर्ने प्रतिवद्धता समेत गर्नुभयो । कालीगण्डकी गाँउपालिकाले पेश गरेको विभिन्न पन्ध्र बुँदे योजनाको माग पत्रलाई अध्ययन गर्दे पौडेलले क्रमस प्राथमिकताको आधारमा बजेट बिनियोजन गर्ने प्रतिवद्धता समेत गर्नुभयो । कार्यक्रममा पुर्व मन्त्री पद्मा अर्यालले मुलुक समृद्ध हुँनका लागी स्थानीय तह, गाउँ शहर समृद्ध हुनुपर्ने भन्दै कालीगण्डकी गाउँपालिकाका जनप्रतिनिधिले वास्तवमै नागरिकले अनुभुति हुने गरी काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।