अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

वालिङमा गरिएको आँखा शिविरमा १३७९ जनाको आँखाको स्क्रिनिङ

 
रेडियो आँधीखोला
वालिङ, ३१ चैत ।
वालिङ नगरपालिकाको आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा वालिङका विभिन्न स्थानहरुमा आँखा जाँच तथा मोतियाविन्दुको स्किृनिङ शिविर गरिएको छ । नगरपालिकाले आँखामा मोतियाविन्दुको पहिचान गरी शल्याक्रिया मार्फत आँखाको ज्योति फर्काउने उद्देश्यका साथ यो शिविर वडाका विभिन्न स्थानहरुमा सम्पन्न गरेको छ । शिविरबाट ९१५ महिला र ४६४ पुरुष गरी १ हजार ३७९ जनाको आँखाको स्क्रिनिङ गरिएको छ । जसमा ९७ महिला र ९३ पुरुष गरी १९० जनामा मोतियाबिन्दुको पहिचान भएको छ । पहिचान भएका मोतिया बिन्दुका बिरामीहरूलाई यही वैशाख ६ र ७ गते हिमालय आँखा अस्पतालको सहयोगमा ग्रहौ  प्राथमिक अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने वालिङ नगरपालिका स्वास्थय साखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो । 
धनुवाँसे स्वास्थय चौकीमा २२४ जनाको आँखा जाँच गरिएकोमा २८ जनामा मोतियाविन्दुको पहिचान, एलादी स्वास्थ्य चौकीमा १२४ जनाको आँखाको जाँच गरिएकोमा २८ जनामा मोतियाविन्दुको पहिचान, वडा नं. ५ को महेन्द्र माविमा २४३ जनाको आँखाको जाँच गरिएकोमा २२ जनामा मोतियाविन्दुको पहिचान, मिर्दि शहरी स्वास्थ्य केन्द्रमा २३१ जनाको आँखको जाँच गरिएकोमा ३२ जनामा मोतियाविन्दुको पहिचान, मगर समाज भवन बायँटारीमा १५५ जनाको आँखाको जाँच गरिएकोमा १८ जनामा मोतिया विन्दुको पहिचान, गह्रौँ प्राथामिक स्वास्थ्य अस्पतालमा १५५ जनाको आँखाको जाँच गरिएकोमा ३१ जनाको मोतियाविन्दुको पहिचान र हिजो थुमपोखरा स्वास्थ्य केन्द्रमा गरिएको शिविरमा १६४ जनाको आँखको जाँच गरिएकोमा ३१ जनाको मोतियाविन्दुको पहिचान भएको हो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...