अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

पहिलो पाइला नेपाल आठौ वर्षमा प्रवेश

 
रेडियो आँधीखोला
वालिङ, १ वैशाख ।
पहिलो पाइला नेपाल आठौ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा पहिलो पाइला नेपाल पुतलीबजार स्याङ्जाले स्याङ्जा सदरमुकाम स्थित बज रिफ्रेसोमा एक कार्यक्रम गरि आठौं वार्षिकोत्सब, भित्तेपात्रो विमोचन तथा नव वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै पहिलो पाइला नेपालकी कार्यसमिति सदस्य सन्ध्या लामिछानेले पहिलो पाइला नेपालले समाज रुपान्तरणमा खेलेको भुमिकाका बारेमा चर्चा गर्दै सामाजिक क्षेत्रमा अग्रणी सस्थामा सबैलाई जोडिनका लागि आग्रह गर्नुभयो । 
कार्यक्रममा त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका स्ववियु कोषाध्यक्ष समिक्षा मरासिनी, सामुदायिक रेडियो स्याङ्जाका बजार व्यवस्थापक प्रेम बहादुर थापा, पहिलो पाइला नेपाल स्याङ्जाका सदस्यहरु सुरक्षा के सि, आशिक नेपाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । पहिलो पाइला नेपाल स्याङ्जाका अध्यक्ष पवन मरासिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह सचिव स्वीकृति पोखरेलले स्वागत एवम् सचिव देव दत्त सुवेदी गोपिले कार्यक्रमको संचालन गर्नुभएको थियो । देशभर १७ वटा शाखा रहेको पहिलो पाइला नेपालले सोमबार १७ वटै शाखामा विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाएको छ । पहिलो पाइला नेपाल वि स २०७५ सालमा स्थापना भएको थियो । स्थापना कालदेखी नै पहिलो पाइला नेपालले निरन्तर समाज रुपान्तरणमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...