अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

क्यालेण्डर विमोचन तथा जेष्ठ नागरिक सम्मान

news

 
रेडियो आँधीखोला
वालिङ, १ वैशाख ।
नववर्ष २०८२ सालकोे शुभकामना आदान प्रदान, क्यालेण्डर विमोचन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्रको आयोजना, दुर्गादेवी सामुदायिक सिकाई केन्द्र स्याङ्जाको समन्वय  तथा पुतलीबजार नगरपालिका स्याङ्जा र सामाजिक विकास कार्यालय स्याङ्जाको सहकार्यमा संस्थाको प्रथम वर्षको अवसरमा कार्यक्रम गरिएको हो । पुतलीबजार नगरपालिका वडा नं  १, स्याङ्जामा कार्यालय रहि स्वयं अपांगता भएका व्यक्ति तथा अभिभावकहरुको सक्रियतामा क्रियाशिल अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्रको स्थापना भएको हो ।
अपांगता सम्बन्धी सन्देशमुलक सामाग्री समेटिएको वि स २०८२ को क्यालेण्डर विमोचन एवं  कार्यक्रमको शुभारम्भ गर्दै पुतलीबजार नगरपालिका स्याङ्जाका प्रमुख तुलसीराम रेग्मीले संस्था स्थापनाको छोटोे समयमा नै संस्थाले आफ्नो उदेश्य तथा लक्ष्य अनुरुप अपांगता भएका व्यक्तिहरुको क्षेत्रका अतिरिक्त समुदायमा आधारित समावेशी विकासको अवधारणा वमोजिम जेष्ठ नागरिक, महिला लगायतको क्षेत्रमा वहुआयामिक गतिविधि गरेको बताउदै यस संस्थासंग पालिकाले निरन्तर सहकार्य गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
कार्यक्रममा नगर उपप्रमुख देवि अर्याल, नगर प्रवक्ता तथा वडा नं ११ का अध्यक्ष मनोज पौडेल, वडा नं १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, सदस्य विष्णु कुमार श्रेष्ठ, वरिष्ठ समाजसेवी खेमनारायण शर्मा, स्याङ्जा अपांग समाजका अध्यक्ष राम शर्मा पोखरेल, दुर्गा देवी सामुदायिक सिकाई केन्द्र का उपाध्यक्ष लेखनाथ शर्मा, स्याङ्जा दृष्टिविहिन संघका अध्यक्ष मुना अर्याल, स्याङ्जा वहिरा संघका अध्यक्ष संजिव श्रेष्ठ लगायतले संस्थाले सबै सरोकारवालाहरु संगको सहकार्यमा प्रभावकारी कार्यहरु गरिरहेको र आगमी दिनमा समेत अझ महत्पुर्ण कार्यहरुका लागि शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाद्वारा सामाजिक विकास कार्यालय स्याङ्जाको सहकार्यमा संचालित जेष्ठ नागरिक दिवा सेवा केन्द्रका ३० जना जेष्ठ नागरिक हरुलाई सम्मान एवं व्यक्तिगत सरसफाइ  सहयोग कार्यक्रम तर्फ मंजन, ब्रस, नेलकटर, मास्क, तेल, भेसलिन, सावुन लगायतका सरसफाइ सामाग्री प्रदान गरिएको थियोे ।
अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र (नेपालका अध्यक्ष युवराज पराजुलीले  संस्थाले १ वर्षको अवधिमा गरेका गतिविधिहरुका वारेमा प्रकाश पार्नुभएको थियोे । कार्यक्रम अध्यक्ष पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव नारायण प्रसाद रेग्मीले गर्नुभएको थियोे । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...