अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

छाङ्छङ्दीमा उल्लेख्य भक्तजनले मन्दिर दर्शन गरे

 
रेडियो आँधीखोला
वालिङ, १ वैशाख ।
नयाँ वर्ष २०८२ सालको पहिलो दिनको अवसरमा छायाँक्षेत्र शिव मन्दिर छाङ्छङ्दीमा उल्लेख्य भक्तजनले मन्दिर दर्शन गरेका छन् । नयाँ वर्षको पहिलो दिन तथा शिव भगवानको पुज्ने बार सोमबार पनि परेकाले शिवरात्रीमा जस्तै भक्तजनको भिडभाड लागेको मन्दिर व्यवस्थापन समितिका सह सचिव शोभाकान्त पौडेलले जानकारी दिनुभयो । 
यसै अवसरमा मन्दिरमा १ लाख ५८ हजार ५६ रुपैयाँ भेटी संकलन भएको छ । आर्थिक संकलन संयोजक तथा मन्दिर व्यवस्थापन समितिका सह सचिव पौडेलका अनुसार दानपेटिकाबाट ४० हजार रुपैयाँ, मन्दिर तथा भजनमण्डलीबाट ६५ हजार, सहयोग रसीदबाट २५ हजार ९६ र आजीवन सदस्यबाट १५ हजार ६० रुपैयाँ गरी १ लाख ५८ हजार ५६ रुपैयाँ भेटी संकलन भएको र उक्त रकम वालिङमा रहेको गरिमा विकास बैंक खातामा जम्मा गरिएको उहाँले जानकारी दिनुभयो । 
सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको किनारमा अवस्थित मन्दिरको पछिल्लो समय प्रचारप्रसार भएसँगै विभिन्न चाडपर्वमा स्नान गर्न आउने भक्तजन बढ्दै गएका छन् । यहाँ विषेशगरी महाशिवरात्री, वैशाख संक्रान्ति, साउन संक्रान्ति, हरिशयनी एकादशी, साउनको सोमबार, तीज, श्रीकृष्णअष्टमी, माघे संक्रान्ति, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी लगायत विभिन्न पर्वहरुमा भक्तजनहरु मन्दिरमा पुजापाठ तथा दर्शनका लागि आउने गर्दछन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...