समाचार
दोस्रो शिक्षा, सीप तथा उद्यमशीलता मेलामा उद्यमशीलताका विषयमा कविता प्रतियोगिता
रेडियो आँधीखोला
वालिङ, २ वैशाख ।
स्याङ्जा थिङ ट्याङ्कको आयोजनामा सञ्चालित दोस्रो स्याङ्जा शिक्षा, सीप तथा उद्यमशीलता मेलाको दोस्रो दिन मंगलबार कविता प्रतियोगिता सम्पन्न भएको छ । वालिङ ८ मेनबजार स्थित वाईसेन्टरको प्राङ्गणमा आयोजित मेलामा मंगलबार उद्यम तथा उद्यमशीलता सम्बन्धी कविता प्रतियोगिता र वित्तिय साक्षरता कार्यक्रम गरिएको हो । कविता प्रतियोगितामा विनिता पाठक प्रथम, सचिना कार्की द्धितिय, विप्लब खनाल तृतिय तथा आरती रुचाल र संस्कृति चौधरीले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ ।
प्रतियोगिताका विजेता उपविजेतालाई पुरस्कार वितरण गर्दै गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डीकाप्रसाद भट्राईले बढ्दो सूचना र प्रविधिको तिव्र विकास भईरहेका बेला स्याङ्जा थिंक ट्यांकले जुन फराकिलो उद्देश्य लिएर अगाडि बढेको छ यो निकै प्रशंसनिय रहेको बताउनुभयो । उद्यमशीलतालाई विषेश प्राथामिकतामा राखेर अगाडि बढेको संस्थाको यो दोस्रो मेलाले धेरै विद्यार्थी तथा युवापुस्तालाई सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश नगद १ हजार, ८००, ६०० र तिन–तिन सय सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा साहित्यकारहरु श्याम ढुंगाना, शम्भु अर्याल, वसन्त खनालले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो । साथै दोस्रो दिनको कार्यक्रममा गरिमा विकास बैंकका प्रबन्धक प्रेमराज अर्यालले वित्तिय साक्षरताका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो भने आईटी तथा सूचना प्रविधिका विषयमा वाई सेन्टरका टे«निङ डाइरेक्टर धनुसरले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
स्याङ्जा थिंक ट्याङ्कका संस्थापक अध्यक्ष दिनकर नेपालका अनुसार आज अन्तिम दिन उद्यम तथा उद्यमशीलताका विषयमा वत्तृmत्वकला प्रतियोगिता, विभिन्न विद्यालयका हेड म्याडमहरुसंग महिलाहरुका लागी नेतृत्वमा अवसर र चुनौतीका विषयमा छलफल हुनेछ ।