समाचार
वालिङ साना शहरी खानेपानीको उम्मेद्धवारी दर्ता
रेडियो आँधीखोला
वालिङ, ४ वैशाख ।
वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था वालिङको तेस्रो अधिवेसनको निर्वाचनका लागी विहिबार उम्मेद्धवारी दर्ता कार्यक्रम भएको छ । यही चैत्र २५ गते पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेसनको उद्दघाटन गरेको संस्थाको निर्वाचन कार्यतालिका अन्र्तगत विहिबार मनोनयन दर्ता कार्यक्रम गरिएको हो । संस्थाको एक अध्यक्षका लागी दिलिपकुमार बगाले, चोपनारायण श्रेष्ठ, विद्या श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, मुक्तिप्रसाद सुवेदी, दिनेश तिवारी गरी ६ जनाले उम्मेद्धवारी दिनुभएको छ । त्यस्तै महिला उपाध्यक्षमा ३ जना, सचिवमा ७ जना, कोषाध्यक्षमा ६ जना, खुल्ला सदस्य १४ जना, महिला सदस्यमा ३ जनाले उम्मेद्धवारी दर्ता गरेका छन् । आगामी कार्यकालका लागी संस्थाको एक अध्यक्ष, महिला उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य गरी ९ सदस्यीय कार्यसमिति अधिवेसनले निर्वाचित गर्नेछ ।
निर्वाचन कार्यतालिका अन्र्तगत फाल्गुन २६ गते मतदाता नामावली प्रकाशन, २७ गते मतदाता नामावली उपर उजुरी, फाल्गुन २८ गते मतदाता अन्तिम नामावली प्रकाशन गरिएको थियो भने हिजो उम्मेदवारी दर्ता गरिएको छ । त्यस्तै उम्मेद्धवारी उपर उजुरी दिने र अन्तिम उम्मेद्धवारी नामावली प्रकाशन आज, ६ गते उम्मेद्धवारी फिर्ता र १० गते मतदानको कार्यतालिका बनाईएको छ ।