समाचार
शिक्षक आन्दोलनका कारण रोकियो कक्षा ८ को ग्रेड वृद्धि
रेडियो आँधीखोला
वालिङ, ५ वैशाख ।
यही बैसाख ७ गतेबाट हुने भनिएको कक्षा ८ को ग्रेड वृद्धि परिक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको छ । वालिङ नगरपालिकाले एक सूचना प्रकाशन गर्दै कक्षा ८ को परिक्षा स्थगित भएको जानकारी दिएको हो । उपसचिव ख्यामनारायण काफ्लेद्धारा हस्ताक्षरित सूचनामा वालिङ नगपालिकाको नगरस्तरीय आधारभुत तह कक्षा ८ को परीक्षा समितिको शुक्रबार बसेको बैठकले यो निर्णय गरेको उल्लेख गरिएको छ ।
वालिङ नगरपालिकाभित्रका सम्पुर्ण विद्यालयहरुमा शैक्षित्र सत्र २०८१ कक्षा ८ को गे्रड वृद्धि परिक्षा यही बैसाख ७ गते सञ्चालन हुने भनिएकोमा शिक्षक महासंघको नेतृत्वमा देशव्यापी शिक्षकहरुको आन्दोलका कारण परिक्षा स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ । आन्दोलनका कारण परिक्षा सञ्चालन अर्को सूचना जारी नहुँदासम्मलाई स्थगित गरिएको नगरपालिकाले जनाएको छ ।