समाचार
नेपाल किसान महासंघ स्याङ्जाद्धारा जनप्रतिनिधिसंग पहिलो अन्तक्र्रिया
रेडियो आँधीखोला
वालिङ, ५ वैशाख ।
नेपाल किसान महासंघ स्याङ्जाले जनप्रतिनिधिसंग पहिलो अन्तक्र्रिया हरिनास गाउँपालिकामा गरेको छ । गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरर कार्यक्रमको उदघाटन गर्दैे नेपाल किसान महासंघ मार्फत कृषक संग अन्तक्र्रिया कार्यक्रम गर्न पाउँदा खुशी लागेको भन्दै उहाँले माटोको माया पर्ने र माटोको माया गर्दा माटोमा काम गर्ने कृषकलाई बिर्सन नहुने बताउनुभयो । उहाँले पालिकाले दिन सक्ने सुविधामा असली किसानले सेवा सुविधा प्राप्त गर्न नसक्नु एक समस्याको रुपमा रहेको भन्दै वास्तविक किसानलाई सेवा सुविधा पु¥याएको बताउनुभयो । यसैगरी उहाँले कृषिमा आधुनिकीकरण र सहजीकरण स्वरुप हाते ट्याक्टर अनुदानमा वितरण गर्ने विषय कृषि शाखाबाट सूचना गरीएको र १ सय २ वटा हाते ट्याक्टर वितरण गरीएको जानकारी गराउनुभयो । हाते ट्याक्टरको माग बढी भएको हुँदा पछि ६२ वटा ल्याएको बताउनुभयो ।
कार्यक्रममा हरिनाश कृषि शाखा प्रमुख हरी प्रसाद गैरेले कृषि सम्बन्धी पालिकाले गरेका विषय माथि प्रकाश पार्नुभएको थियो । उहाले परम्परागत कृषि प्रणालीलाई सहजीकरण गर्ने उद्धेश्य सहित १ सय २ हाते ट्याक्टर वितरण गरिएको माटो परीक्षण सम्बन्धी घुम्ती शिविर फलफूल तथा तरकारी खेती सम्बन्धी प्रोत्साहन स्वरूप तालिमको व्यवस्था, पकेट विकास कार्यक्रम अन्तर्गत अदुवा बेसार पकेट बालि, बालि संरक्षणको लागि कीटनाशक औषधि निःशुल्क वितरण, किसान सूचीकृत जस्ता विविध विषयमा काम गरिएको उल्लेख गर्नुभयो । उहाँले आउँदो वर्ष नया तरिकाले अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाल किसान महासंघ हरिनास गाउँपालिकाका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृष्ण चन्दले स्वागत एवम् सञ्चालन नेपाल किसान महासंघ स्याङ्जाका अध्यक्ष युवराज केसीले गर्नुभएको थियो । कार्यक्रममा किसान महासंघका स्याङ्जा अध्यक्ष युवराज केसीले राजनैतिक विभेदले किसान अघि बढ्न सक्दैन भन्दै विभेद रहित तरिकाले कृषकका समस्यामा स्थानिय देखि संघीय सरकारले ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नुभएको थियो ।