अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

चापाकोटमा दलित समुदायका लागि नेतृत्व विकास तालिम

 
आरती कुँवर
वालिङ, ७ वैशाख ।
स्याङ्जाको चापाकोट नगरपालीकामा दलित समुदायका लागि नेतृत्व विकास तालिम प्रदान गरिएको छ । चापाकोट वडा नं ७ को आयोजनामा दलित उत्थान कार्यक्रम अन्र्तगत १ दिने नेतृत्व तथा क्षमता विकास तालिम प्रदान गरिएको हो । चापाकोट ७ राधादामोदर मावि शाँखर रिमालडिहीँमा आइतबार कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा बोल्नुहुदै चापाकोट नगर उपप्रमुख इशा रानाले चापाकोटका प्रत्येक वडातहमा यस प्रकारका तालिम तथा कार्यक्रमहरुको आवश्यकता रहेको बताउनुभयो । साथै उहाँले भौतिक विकास मात्र विकास नभई मानिसको चेतनाको विकास पनि एक प्रकारको विकास भएको उहाँको भनाई छ । जातिय विभेद कानुनी रुपमा दण्डनिय हो भनेर संविद्यानमा उल्लेख गरिएको भन्दै जातिय आधारमा कसैलाई पनि भेदभाव गर्न नहुने बताउनुभयो । परिवर्तन आफैँबाट गर्नु आवश्यक रहेको बताउदै उपप्रमुख रानाले सकारात्मक सोचको विकास गरी भेदभाव पुर्ण भावनाको अन्त्य गर्नु पर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष मोहन केसिले दलितका अधिकारहरु संविद्यानमा नै भएकाले कानुन प्रदत्त अधिकारहरु प्राप्तीका लागि दलित समुदाय नै जागरुक हुनुपर्ने बताउनुभयो । सदियौँदेखि चलिआएको विभेदको अन्त्यका लागि पनि यो खाले कार्यक्रमले टेवा पु¥याउने बताउदै उहाँले दलित समुदायको आर्थिक तथा चेतनाको विकासका लागि वडाले यस प्रकारका कार्यक्रम गर्दै अगाडि बढ्ने उहाँको भनाई छ । 
कार्यक्रममा नेतृत्व तथा क्षमता विकास सम्बन्धी प्रशिक्षण वालिङ टेलिभिजनका समाचार प्रमुख गोपाल जिटी र रेडियो आँधीखोलाका समाचार प्रमुख कला रानाले दिनुभएको थियो । कार्यक्रम कमल नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन उषा नेपालीले गर्नुभएको थियो । उक्त तालिममा ५५ जनाको सहभागिता रहेको थियो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...