समाचार
पुष्प चन्द्र ट्रष्टको विद्यार्थी सहायता कार्यक्रम
वालिङ, ८ वैशाख ।
पुष्प चन्द्र ट्रष्टले विद्यार्थी सहायता कार्यक्रमलाई निरन्तरता दिएको छ । पुतलीबजार नगरपालिका ३ मा रहेको ट्रष्टले स्वर्गिय पुष्प मान श्रेष्ठको ३२ औं स्मृति दिवसका अवसरमा पुतलीबजार नगरपालिका ३ स्थित श्री पुण्य शिला आधारभुत विद्यालयमा शैक्षिक सामग्रीहरु वितरण गरेको हो । सो क्रममा ट्रष्टले नयाँ वर्षको भित्तेपात्रो विमोचनसंगै शुभकामना आदानप्रदान समेत गरेको छ ।
स्मृति दिवस कै अवसरमा लालटिनको उज्यालोमा न्यायको खोजीका स्मृतिहरु विषयमा स्वर्गिय पुष्पमान श्रेष्ठको चर्चा समेत गरिएको छ । अमोर बालगृह फेदिखोला र मुस्लिम मदरसा बाड्खोलामा अध्ययनरत विद्यार्थीहरुलाई समेत शैक्षिक सामग्री वितरण गरेको ट्रष्टले जनाएको छ । ट्रष्टले यसअघि पनि स्याङ्जाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकेको छ ।