समाचार
झोलुङ्गे पुल निर्माणका लागी स्थलगत अध्ययन
वालिङ, ८ वैशाख ।
पुतलीबजार वडा न १ त्रिभुवन आदर्श मा वि देखी वडा न ३ प्रदेश अस्पताल जोड्ने झोलुङ्गे पुल निर्माणका लागी स्थलगत अध्ययन गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्ती, पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मी र प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल लगायतको टोलीले सो पुलको निर्माणार्थ स्थलगत अध्ययन तथा निरीक्षण गरेको हो ।
निरीक्षण गर्दै समन्वय प्रमुख घर्तीले जनताहरुलाई सहज हुने हुदाँ पुल बनाउनुपर्ने बताउनुभयो । पुल बनेको खढडमा जिल्ला अस्पतालमा उपचारका लागि जान सहज हुने उहाँले बताउनुभयो । सो टोलीमा कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख थम नारायण शर्मा र अस्पताल प्रमुख सुशिल कुमार मरासिनी लगायत प्रदेश अस्पताल व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । सो पुल प्रदेश अस्पतालको माग बमोजिम पुतलीबजार नगरपालिकाको व्यवस्थापनमा निर्माण हुन लागेको हो ।